क्यानडा लगातार चौथो जितसहित शीर्ष स्थानमा कायमै

२०८० फाल्गुन २४, बिहीबार २०:१०

काठमाडौं । क्यानडाले आइसीसी विश्वकप लिग टू अन्तर्गत युएईमा जारी त्रिकोणात्मक सिरिजमा लगातार चौथो जित दर्ता गर्दै अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

लगातार चौथो जित दर्ता गर्नेक्रममा विहीबार दुबई क्रिकेट रंगशालामा क्यानडाले साबिक विजेता स्कटल्यान्डलाई ५ विकेटले पराजित गर्यो ।

स्कटल्याण्डले दिएको १ सय ९८ रनको लक्ष्य क्यानडाले ४५ दशमलब ३ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो ।

चार खेलमा अपराजित विश्वकप लिग टू को नवप्रवेशीले शीर्ष स्थानमा रहँदै युएई भ्रमण सकाएको छ । पराजित स्कटल्यान्डले तीन खेलमा एक खेल जितेर नेपाल भन्दा अघि चौथो स्थानमा छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy