खेलमा दक्षिण अफ्रिकाको पकड

काठमाडौं । घरेलु टोली वेस्ट इन्डिजसँगको पहिलो टेस्टको तेस्रो दिनको खेल सकिदा पाहुना टोली दक्षिण अफ्रिकाले खेलमा आफ्नो पकड राखिरहेको छ ।

तेस्रो दिनको खेल सकिदा घरेलु टोली २ सय १२ रनले पछि रहेको छ , उसको हातमा ६ विकेट भने बाँकी रहेको छ ।

वेस्ट इन्डिजका लागि केसी कार्टीले ८१ बलमा ४२, कप्तान केग्री ब्रेथवेट र माईकाल लुईसले समान ३५ रन जोडे ।

जेसन होल्डर १३ तथा केभम हाड्ज ११ रनमा अविजित रहेका छन् । दक्षिण अफ्रिकाका लागि केशब महाराजले तिन विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको पाहुना टोली पहिलो ईनिङमा ३ सय ५७ रनमा अल आउट भएको थियो ।

पाहुना टोली दक्षिण अफ्रिकाका लागि कप्तान टेम्बा बभुमा र ओपनर टोनी डि जोर्जीले अर्धशतक बनाएका थिए । कप्तान बभुमाले १ सय ८२ बलमा सर्वाधिक ८६ रन जोडे । ओपनर जोर्जीले १ सय ४५ बलमा ७८ रन बनाए ।

कायल भेरिनले ३९, ट्रिस्टन स्टम्सले २०, रायन रिकल्टनले १९, डेविड बेडिनहामले २९ रन जोडे । वायन मुल्दार ४१ रनमा अविजित रहँदा कागिसो रबडा २१ रन बनाए ।

वेस्ट इन्डिजका लागि जमल वरिकेनले ४, जयडेन सेल्सले ३, किमार रोचले २ तथा जेसन होल्डरले १ विकेट लिए ।

सिरिजको दोस्रो टेस्ट खेल १५ अगस्टबाट सुरु हुनेछ । दुई टोलीबीच २४ अगस्टबाट ३ खेलको टि ट्वान्टी सिरिज पनि रहेको छ ।





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट :हिमालय र बिएमसीए विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा हिमालय स्पोर्ट्स म्यानेजमेन्ट र बिएमसीए विजयी भएका छन्। मुलपानी मैदानमा जारि […]

एनकासा इन्टर फर्म क्रिकेट : सुब्र , केबिएसआर, अनिश र एपीए विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न चारवटा खेलहरु सम्पन्न भएका छन्। ललितपुर स्थित पुल्चोक […]

डीएभीलाई अन्तर-स्कुल टि-२० क्रिकेटको उपाधि

काठमाडौँ, डिएभि सुशील केडिया विश्व भारतीय स्कुलले १६ औं सीओएएस अन्तर-स्कुल रनिंग टि-२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ। […]

इन्टर-फर्म क्रिकेट : एसएचए र केएएसए युपीबि युथ्स विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म टी २० क्रिकेट प्रतियोगिता आइतबार सुरु भएको छ। ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ मैदानमा आइतबार […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : जनप्रेमी र हिमालयन विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा जनप्रेमी स्पोर्टस् क्लब र हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट विजयी भएका छन्। मुलपानी […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]