काठमाडौं । १७ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आईपीएल)मा गुजरात जाइन्ट्सले मुम्बई ईन्डियन्सलाई जितका लागि १ सय ६९ रनको लक्ष्य दिएको छ ।
घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनायो ।
गुजरातका लागि साई सुदर्शनले ३९ बलमा ३ चौका र १ छक्काको सहयोगमा ४५ रनको ईनिङ खेले । यसै खेलबाट पहिलो पटक टोलीको कप्तानी गरिरहेका शुभमन गिलले २२ बलमा ३ चौका र १ छक्काको सहयोगमा ३१ रन बनाए ।
राहुल तिवातियाले १५ बलमा २ चौका र १ छक्काको सहयोगमा २२ रन बनाए । ओपनर रिद्धिमान शाहले १५ ओभरमा ४ चौकाको सहयोगमा १९ रन बनाए । यसै खेलबाट आईपीएल डेब्यु गरेका अज्मतुल्लाह उमरजाईले ११ बलमा १ चौका र १ छक्काको सहयोगमा १७ रन बनाए ।
मुम्बईका लागि जसप्रित बुमराहले ३ तथा जेरार्ड कोट्जेले २ विकेट लिए । पियुष चावलाले १ विकेट लिए ।
