गुजरातमाथि पन्जाबको रोमान्चक जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को १७ औं खेलमा गुजरात टाईटन्समाथि पन्जाब किंग्सले रोमान्चक जित हात पारेको छ ।

गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा चौथो खेलमा दोस्रो जित हात पार्ने क्रममा पन्जाब ३ विकेटले विजयी भयो ।

गुजरातले दिएको २ सय रनको लक्ष्य पन्जाबले १९ दशमलब ५ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो ।

पन्जाबका लागि शशांक सिंहले २९ बलमा ६ चौका र ४ छक्काको सहयोगमा अविजित ६१ रनको अर्धशतकीय ईनिङ खेले । प्रसिमरन सिंहले २४ बलमा ५ चौका र १ छक्काको सहयोगमा ३५ रन बनाए ।

आशुतोष शर्माले १७ बलमा ३ चौका र १ छक्काको सहयोगमा ३१ रन बनाए । ओपनर जोनी बेयस्ट्रोले १३ बलमा ४ चौकाको सहयोगमा २२ रन बनाए । जितेश शर्माले ८ बलमा २ छक्काको सहयोगमा १६ रन बनाए ।

अन्तिम ओभरमा ७ रन चाहिएकोमा पन्जाबका आशुुतोष शर्मा र शशांक सिंह क्रिजमा रहेकामा गुजरातका लागि दर्शन नालकन्डे बलिङमा आएका थिए । ओभरको पहिलो बलमा नै उनले शर्मालाई आउट गराए ।

शर्माको आउटसँगै क्रिजमा आएका हरप्रित ब्रारका लागि नालकन्डेको पहिलाे बल वाइड भएको थियो । ओभरको तेस्रो बलमा एक रन लिदै ब्रारले सिंहलाई स्ट्राईक दिए ।

अर्को बलमा सिंहले चौका प्रहार गर्दै खेललाई जित नजिक पुर्याए । ओभरको पाँचौ बलमा एक रन लिदै सिंहले पन्जाबलाई जित दिलाए ।

गुजरातका लागि नुर अहमदले २ तथा दर्शन नालकन्डे, मोहित शर्मा, अजमतुल्लाह उमरजाइ, राशिद खान र उमेश यादवले समान १/१ विकेट लिए ।

त्यअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले कप्तान शुभमन गिलको अर्धशतकको सहयोगमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९९ रन बनाएको थियो ।

गुजरातका लागि कप्तान शुभमन गिलले ४८ बलमा ६ चौका र ४ छक्काको सहयोगमा अविजित ८९ रनको अर्धशतकीय ईनिङ खेले । साई सुदर्शनले १९ बलमा ६ चौकाको सहयोगमा ३३ रन बनाए ।

गिल र सुदर्शनले तेस्रो विकेटका लागि ५३ रनको साझेदारी गरे । राहुल तिवातियाले ८ बलमा ३ चौका र १ छक्काको सहयोगमा अविजित २३ रन बनाए ।

केन विलियम्सले २२ बलमा ४ चौकाको सहयोगमा २६ रन बनाए । ओपनर रिद्धिमान शाहले १३ बलमा ११ तथा विजय शंकरले १० बलमा ८ रन बनाए ।

पन्जाबका लागि कागिसो रबाडाले २ तथा हरप्रित ब्रार र हर्षल पटेले समान १/१ विकेट लिए ।

चौथो खेलमा दोस्रो जित हात पारेको पन्जाब ४ अंकका साथ अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । पराजित गुजरात ४ अंकका साथ छैटौ स्थानमा छ ।

 





थप समाचार

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]

सातौँ सस्करणको सप्तरी प्रिमियर लिग सुरु, राजदेवी रोयल र खडक वारियर्स विजयी

सातौँ संस्करणको मेयर कप सप्तरी प्रिमियर लिग सप्तरीको राजविराजमा बिहिबार सुरु भएको छ। सप्तरी प्रिमियर लिगद्वारा आयोजित प्रतियोगिता अन्तर्गत पहिलो […]

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]