गुजरातलाई हराउदै नेपाल फाइनलमा

काठमाडौं । गुजरातलाई पराजित गर्दै नेपाल फ्रेन्डसिप कपको फाइनल प्रवेश गरेको छ ।

नेपालले गुजरातलाई ८ रनले पराजित गरेको हो ।

नेपालले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७३ रन बनायो ।

गुजरातका लागि कप्तान उमङ्ग कुमारले २४ बलमा सर्वाधिक ४७ रन बनाए । हर्ष देसाईले १६ बलमा २९ रन प्रहार गरे । अभिषेक देसाईले २० तथा प्रियेश पटेलले १७ रन जोडे ।

नेपालका लागि सोमपाल कामी, गुलशन झा र कुशल मल्लले समान २/२ विकेट लिए । विवेक यादवले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट १ सय ८१ गुमाउँदै रन बनायो ।

नेपालका लागि ओपनर आशिफ शेखले ५१ बलमा १० चौका र ५ छक्का प्रहार सहित सर्वाधिक ८५ रन बनाए ।

पहिलो विकेटका लागि कुशल भुर्तेल र आशिफ शेख मिलेर १ सय २५ रनको साझेदारी गरे ।

कप्तान रोहित कुमार पौडेल ७ बलमा ३ तथा सन्दिप जोरा र कुशल मल्ल क्रमसः २ र १ रनमा आउट भए ।

गुजरातका लागि जयमित पटेलले ३ तथा ध्रुशान्त सोनी र आर्य देसाईले समान २/२ विकेट लिए ।

नेपालको ३ खेलमा ६ अंक भएको छ । गुजरातको ३ खेलमा २ अंक छ भने बरोडा अंकविहिन छ ।

नेपालले आइतबार हुने फाइनलमा बरोडा या गुजरात मध्ये एक टोलीसँग खेल्नेछ ।





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]