गुजरातलाई हराउदै नेपाल फाइनलमा

२०८० चैत्र २१, बुधबार १८:४५

काठमाडौं । गुजरातलाई पराजित गर्दै नेपाल फ्रेन्डसिप कपको फाइनल प्रवेश गरेको छ ।

नेपालले गुजरातलाई ८ रनले पराजित गरेको हो ।

नेपालले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७३ रन बनायो ।

गुजरातका लागि कप्तान उमङ्ग कुमारले २४ बलमा सर्वाधिक ४७ रन बनाए । हर्ष देसाईले १६ बलमा २९ रन प्रहार गरे । अभिषेक देसाईले २० तथा प्रियेश पटेलले १७ रन जोडे ।

नेपालका लागि सोमपाल कामी, गुलशन झा र कुशल मल्लले समान २/२ विकेट लिए । विवेक यादवले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट १ सय ८१ गुमाउँदै रन बनायो ।

नेपालका लागि ओपनर आशिफ शेखले ५१ बलमा १० चौका र ५ छक्का प्रहार सहित सर्वाधिक ८५ रन बनाए ।

पहिलो विकेटका लागि कुशल भुर्तेल र आशिफ शेख मिलेर १ सय २५ रनको साझेदारी गरे ।

कप्तान रोहित कुमार पौडेल ७ बलमा ३ तथा सन्दिप जोरा र कुशल मल्ल क्रमसः २ र १ रनमा आउट भए ।

गुजरातका लागि जयमित पटेलले ३ तथा ध्रुशान्त सोनी र आर्य देसाईले समान २/२ विकेट लिए ।

नेपालको ३ खेलमा ६ अंक भएको छ । गुजरातको ३ खेलमा २ अंक छ भने बरोडा अंकविहिन छ ।

नेपालले आइतबार हुने फाइनलमा बरोडा या गुजरात मध्ये एक टोलीसँग खेल्नेछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy