घरेलु प्रतियोगिताको संरचनालाई बलियो बनाउनुस्– सदस्य सचिव

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले नेपाल क्रिकेट संघ (क्यान) लाई घरेलु प्रतियोगिताका संरचनालाई बलियो बनाउनु पर्ने सुझाव दिएका छन् । क्यानको शुक्रबारदेखि पोखरामा सुरु भएको साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले सो कुरा बताएका हुन् ।

‘युवा तथा उमेर समुहका खेलाडीहरुको उत्पादनमा क्यानले विशेष ध्यान दिने छ भन्ने विश्वास छ । उमेरसमूहका कार्यक्रम लक्षित गरी नेपालले १० वर्षको अन्तरालमा होइन, हरेक विश्वकप नेपालको उपस्थिति हुने वातावरण बनाउन आवश्यक छ ।’ सदस्य–सचिव घिसिङले भने– ‘यस्ता खेलाडी उत्पादन गर्नुस् जसले अहिलेका स्टार खेलाडीहरुलाई समेत झस्काउन सकुन् । घरेलु क्रिकेटको संरचना उत्कृष्ट खेलाडी उत्पादनमा समेत निर्भर हुने भएकाले यसमा जोड दिनु पर्छ । क्रिकेट खेलको विकासका लागि साधारण सभाले महत्वपूर्ण बाटो तय गर्ने विश्वास   छ ।’

सदस्य–सचिव घिसिङले नेपाली क्रिकेटको विकासका लागि आफ्नो कार्यकालमा सक्दो सहयोग गरेको स्मरण गर्दै भने – ‘जिल्ला संघ विस्तारमा सघाएका छौं । विश्वकप क्रिकेटको तयारीका लागि बजेट विनियोजन गरेका थियौं । राष्ट्रिय गौरवका रुपमा क्रिकेट रंगशाला निर्माणका लागि पहल गर्दै सो कार्यलाई घनीभुत रुपमा अगाडि बढाएका छौं ।’





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]