चेन्नईको नयाँ कप्तानमा गायकवाड नियुक्त

२०८० चैत्र ८, बिहीबार १६:२९

काठमाडौं । ईन्डियन प्रिमियर लिग(आईपीएल)को डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सले ऋतुराज गायकवाडलाई आफ्नो कप्तानको रुपमा नियुक्त गरेको छ ।

महेन्द्रसिंह धोनीले चेन्नई सुपर किंग्सको कप्तानी गायकवाडलाई सुम्पेका हुन् ।

गायकवाडले सन् २०१९ देखि चेन्नई सुपर किंग्समा रहेका छन् । यस अवधिमा उनले आईपीएलमा ५२ खेल खेलेका छन् ।

५२ खेलमा गायकवाडले १७ सय ९७ रन बनाएका छन् ।

१७ औं संस्करणको आईपीएल शुक्रबारबाट सुरु हुदैछ । चेन्नईले शुक्रबार हुने उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुसँग खेल्नेछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy