नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली जनकपुरले आफ्नो नाम र लोगो घोषणा गरेको छ ।
जनकपुरले सोमवार सामाजिक सन्जालमार्फत नाम र लोगोको घोषणा गरेको हो । टिमको नयाँ नाम जनकपुर बोल्ट्स रहनेछ ।
जनकपुरले केही साता अघि मात्र आसिफ शेखलाई मार्की खेलाडीको रुपमा टोलीमा प्राप्त गरेको थियो । जनकपुर फ्रेन्चाईज २ करोड ५ लाख मुल्यमा ड्रिम स्पोट्स प्रालीले खरिद गरेको थियो ।