जय ट्रफीको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा मधेश र बागमती भिड्ने

२०८१ पुष ११, बिहीबार १९:५७

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने ‘जय ट्रफी पुरुष एलिट कप’ क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।

क्यानले बिहीबार सार्वजनिक गरेको तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा मधेश र बागमती प्रदेश २१ पुषमा प्रतिस्पर्धा गर्ने छन्।

क्यानले पहिलो पटक आयोजना गर्न लागेको रातो बलले खेलिने ‘जय ट्रफी’ इलाइट कप दुईदिवसीय प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हाे। खेलहरु जनकपुर र पर्सामा हुनेछन् जसमा प्रधानमन्त्री कपको सेमीफाइनल पुगेका चार  टिम नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेश प्रदेश सहभागी हुनेछन्।

प्रतियोगिता आगामी माघ ३ गतेसम्म हुनेछ।

क्रिकेट खेलको विकासमा लामो समयसम्म महत्वपूर्ण योगदान पुर्याउनु भएका नेपाल क्रिकेट संघका पूर्व पदाधिकारी एवंम सदस्यको नाममा संघको आयोजनामा संचालन हुने विभिन्न क्रिकेट प्रतियोगिताहरुको नामाकरण गर्ने संघको निती अनुसार नेपाल क्रिकेट संघले नेपाली क्रिकेटको गर्विलो इतिहास बोकेको “जय ट्रफी” लाई नेपालको प्रिमियर बहुदिवसीय क्रिकेट प्रतियोगिताका रुपमा पुनर्स्थापना गरी भविष्यमा प्रथम श्रेणीको राष्ट्रिय क्रिकेट प्रतियोगिताका रुपमा रुपान्तरण गर्ने लक्ष्य सहित बहुदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितालाई संघका पूर्व अध्यक्ष स्व. जयकुमार नाथ शाहको नाममा नामाकरण गरीएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy