टि-१० लिगमा पारस खड्काको खेल आज ( सम्पूर्ण जानकारी )

युएईमा आज देखि दोश्रो संस्करणको टि-१० क्रिकेट लिग सुरु हुँदैछ। प्रतियोगितामा यस पटक दुइ नेपाली खेलाडी पारस खड्का र सन्दिप लामिछाने पनि सहभागी रहेका छन्।

कुल ८ टोलि सहभागी रहने प्रतियोगिता  नोभेम्बर १५ देखि २४ सम्म अबु धाबीमा संचालन हुनेछ। सहभागी ८ टिमलाई दुइ समुहमा बिभाजन गरेर राउण्ड रोबिन लिग खेलाइनेछ जसपछि सुपर लिग खेलाइनेछ। सुपर लिगमा समुह चरणको अंक समेत जोडिनेछन्। सुपर लिगमा पहिलो देखि चौथो नम्बरमा हुने टिम बीच प्ले-अफ खेल संचालन हुनेछ।

पारस खड्का आबद्ध रहेको टिम ‘टिम अबु धाबी’ रहेको समुह ‘बि’ मा मराठा अरबियन्स, नर्थर्न वारियर्स, कलन्दर्स रहेका छन्। यस्तै सन्दिप लामिछाने आबद्ध टिम कर्नाटका टस्कर्समा बांग्ला टाइगर्स, डेक्कन ग्ल्याडीएटर्स र डेल्ली बुल्स रहेका छन्। पारस खड्का कुनै पनि विदेशी लिगमा खेल्न लागेको यो पहिलो अवसर हो। सन्दिप गत वर्ष टि-२० लिगमा केरला नाइट्सबाट खेलेका थिए। यो पटक केरला टिम लिगमा रहेको छैन।

 

टिम अबु धाबीमा को-को छन् इंग्ल्याण्ड क्रिकेटर मोइन अलि कप्तान रहेको टिम अबु धाबीमा मोहम्मद आमिर, लुक राइट, मोहम्मद आमिर, निरोशन डिकवेला, कोरे एण्डरसन, रोहन मुस्तफा जस्ता खेलाडीहरु रहेका छन्। टिमको प्रशिक्षक पुर्व इंग्ल्याण्ड प्रशिक्षक ट्रेभर बेलिस रहेका छन्।

लुक राइट, बेन लाफ्लिन, मोहम्मद आमिर, ह्यारी गुरने, मोइन अलि ( कप्तान ) , लुइस ग्रेगरी, निरोशन डिकवेला, एलेक्स डेभिस, कोरे एण्डरसन, रोहण मुस्तफा, पारस खड्का, रिचर्ड ग्लिसन, रामिज शाहजाद हेडन वाल्स 

कर्नाटका टस्कर्समा को-को छन् दक्षिण अफ्रिकी क्रिकेटर हाशिम अमला कप्तान रहेको कर्नाटका टस्कर्समा मार्लन स्यामुएल्स, इभिन लुइसशापुर जद्रान, फबियएन एलेन जस्ता खेलाडीहरु रहेका छन्।

हाशिम अमला ( कप्तान ) , मर्लान स्यामुएल्स, शापुर जद्रान, शाफिक्कुल्लाह शफिक, नाथन रिम्मिंगटन, असद पठन, रोस व्हाइटले, जोन्सन चार्ल्स, इभिन लुइस, फाबियन एलेन, एहमद राजा, सन्दिप लामिछाने, केसरिक विलियम्स, प्याट्रिक ब्राउन 

समुह चरणमा टिम अबु धाबीको खेल तालिका : 

टिम अबु धाबीले आफ्नो पहिलो खेल नोभेम्बर १५ मा शहिद अफ्रिदी कप्तानीको टिम कलन्दर्ससंग खेल्दै गर्नेछ। खेल शुक्रबार राति नेपाली समय १०:४५ बजे राति खेलिनेछ।

नोभेम्बर १५ ( शुक्रबार ) – Vs कलन्दर्स ( 10::45 PM )
नोभेम्बर १७ ( आइतबार )  – Vs नार्थन वारियर्स ( 5:15 PM )
नोभेम्बर १८ ( सोमबार )– Vs मराठा अरबीयन्स ( 7:30 PM )

समुह चरणमा कर्नाटका टस्कर्सको खेल तालिका : 

नोभेम्बर – १६ ( शनिबार ) – Vs डेल्ली बुल्स ( 7:30 PM )
नोभेम्बर – १७ ( आइतबार ) – Vs बांग्ला टाइगर्स ( 7:30 PM )
नोभेम्बर – १८ ( सोमबार ) – Vs मराठा अरबीयन्स ( 5:15 PM )





थप समाचार

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]

केसीएलाई मनकामना बेभरेजको प्रायोजन

पाकिस्तान-नेपाल फ्रेन्डशिप टि-२० क्रिकेट प्रतियोगितामा सहभागी हुने काठमाडौँ क्रिकेट एकेडेमी ( केसीए) लाई मनकामना बेभरेजले मुख्य प्रायोजन गरेको छ। काठमाडौं […]

अत्तरियाले जित्यो अर्जुन ट्रफीको उपाधि

काठमाडौं। फ्रेन्ड्स युथ क्लब डडेलधुरालाई पराजित गर्दै सिवाइसी अत्तरियाले अर्जुन ट्रफीको उपाधि जितेकाे छ। सोमबार सम्पन्न फाइनलमा अत्तरियाले ३४ रनको […]

झलारीका ललीत ऐरले जिते नगद एक लाख

काठमाडाैँ । क्रिकेटको शहर धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कञ्चनपुरको झलारीका ललीत ऐरले नगद एक लाख पुरस्कार जितेका […]

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]