टी-२० विश्वकप : क्यानडा र भारत तथा इंग्ल्यान्ड र नामिबिया खेल्दै

२०८१ असार २, शनिबार १५:१२

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गतको ३३ औं खेलमा शनिबार भारत र क्यानडा भिड्दै छन् ।

अमेरिकाको फ्लोरिडामा रहेको सेन्टरल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा हुने खेल नेपाली समय अनुसार शनिबार बेलुका सवा आठबाट सुरु हुनेछ।

तीन खेलमा अपराजित रहँदै सुपर एटमा स्थान बनाईसकेको भारत यस खेलमा पनि जित सहित अपराजित रुपमा सुपर एटमा प्रवेश गर्न चाहन्छ । उता, तीन खेलमा एक जितका साथ समूह ए को तेस्रो स्थानमा रहेको क्यानडा जितका साथ विश्वकप यात्रा समाप्त पार्न चाहन्छ ।

शुक्रबार आयरल्यान्डसँग अंक बाड्दै अमेरिका समूह ए बाट सुपर एट पुग्ने दोस्रो टोली बनेको छ ।

आज नै हुने दोस्रो खेलमा समूह बी मा रहेका इंग्ल्यान्ड र नामिबिया खेल्दै छन् ।

नामिबिया र इंग्ल्यान्डबीचको खेल वेस्ट इन्डिजको एन्टिगुवामा नेपाली समय अनुसार शनिबार बेलुका पौने एघारमा हुदैछ । यस समूहबाट अस्ट्रेलियाले सुपर एटमा स्थान बनाईसकेको छ । दोस्रो टोलीका रुपमा इंग्ल्यान्ड र स्कटल्यान्ड दाबेदारका रुपमा रहेका छन् ।

इंग्ल्यान्डलाई सुपर एटमा स्थान बनाउन यो खेलमा स्पष्ट जित तथा आईतबार बिहानको खेलमा अस्ट्रेलियाले जित्न आवश्यक रहेको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy