टी-२० विश्वकप : सुपर एटका खेल आजबाट

२०८१ असार ६, बुधबार ०९:१६

काठमाडौं । नवौं संस्करणको टी-२० विश्वकपको दोस्रो चरण (सुपर एट) का खेलहरु आज (बुधबबार) बाट सुरु हुदैछ ।

सुपर एटको पहिलो खेलमा समूह टु मा रहेका अमेरिका र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुदैछ । अमेरिका र दक्षिण अफ्रिकाबीचको खेल वेस्ट इन्डिजको एन्टिगुवामा नेपाली समय अनुसार बुधबार बेलुका सवा आठमा हुनेछ ।

समूह ए मा रहेको अमेरिका उपबिजेताका रुपमा दोस्रो चरणमा आइपुगेको हो । अमेरिकाले समूह चरणमा पाकिस्तान र क्यानडालाई हराउँदा भारतसँग भने पराजित भएको थियो । अमेरिकार र आयरल्यान्डबीचको खेल भने वर्षाका कारण रद्द भएको थियो ।

उता, नेपालसँगै समूह डी मा रहेको दक्षिण अफ्रिका अपराजित रुपमा दोस्रो चरणमा आईपुगेको हो । दक्षिण अफ्रिकाले समूह डी मा रहेका नेपाल, बंगलादेश, नेदरल्यान्ड्स र श्रीलंकालाई पराजित गरेको थियो ।

दोस्रो चरणको समूह टू मा अमेरिका र दक्षिण अफ्रिकाका अलावा इंग्ल्यान्ड र वेस्ट इन्डिज छन् । सपर एटकै समूह वानमा भने भारत, अस्ट्रेलिया, बंगलादेश र अफगानिस्तान रहेका छन् ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy