टेस्ट सिरिजमा भारतको क्लिनस्विप , रोहित उत्कृस्ट

दक्षिण अफ्रीकालाई तेश्रो टेस्टमा पनि एकतर्फी ढंगले पराजित गर्दै भारतले घरेलु मैदानमा ३ टेस्टको सिरिज ३-० ले क्लिन स्विप गरेको छ। घरेलु भुमिमा यो भारतको लगातार ११ औं टेस्ट सिरिज जित हो।

राँचीमा सम्पन्न तेश्रो टेस्टमा दक्षिण अफ्रिकी टिम इनिंग र २०२ रनको विशाल अन्तरले पराजित भयो। यस अघि पहिलो टेस्ट २०३ रनले तथा दोश्रो टेस्ट इनिंग र १३७ रनले भारतले जितेको थियो।

पहिलो इनिंगमा भारतले ४९७/९ को योगफलमा इनिंग घोषणा गरेको थियो। त्यसपछि दक्षिण अफ्रीकाले पहिलो इनिंगमा १६२ रनमै सम्पूर्ण विकेट गुमाउन पुगेपछि भारतले फलो-अन दिएको थियो। पुनः ब्याटिंग गर्ने क्रममा दक्षिण अफ्रीका १३३ रनमा अल-आउट हुन पुग्यो र टेस्ट विशाल अन्तरले हार्न पुग्यो।

दोश्रो इनिंगमा दक्षिण अफ्रीकालाई सानो योगफलमा समेट्न मोहम्मद शामीले ३ तथा उमेश यादब र शाहबाज नदीमले समान २/२ विकेट लिए। रभिंद्र जडेजा र रभीचन्द्रन आश्विनले १/१ विकेट लिए। दक्षिण अफ्रीकाको लागि थेउनिस डी ब्रुएनले सर्वाधिक ३० रन बनाए।

तेश्रो टेस्ट र सिरिजकै उत्कृस्ट खेलाडी रोहित शर्मा चुनिए। रोहितले  पहिलो टेस्टको दुवै इनिंगमा शतक ( १७६ र १२७ ) तथा तेश्रो टेस्टमा दोहोरो शतक ( २१२ ) बनाएका थिए।

दक्षिण अफ्रीकाको टेस्ट इतिहासमै ईनिंग र २०२ रनको हार चौथो ठुलो हो। अन्तर्राष्ट्रिय क्रिकेटमा फिर्ता भएपछि दक्षिण अफ्रीकाले ३-० ले सिरिज हार बेहोरेको यो मात्र तेश्रो पटक हो। यस अघि सन् २००५ र २००१ मा अस्ट्रेलियाले दक्षिण अफ्रीकालाई ३-० ले पराजित गरेको थियो।





थप समाचार

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्यो उपाधि

केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ । शुक्रबार पोखरा रङ्गशालामा भएको फाइनलमा त्रिभुवन आर्मी […]