डिसिएल २ : इनर्जी ड्रिंक पार्टनरमा किबु इनर्जी ड्रिंक

घोराही ।अबको दुई सातापछि दाङमा हुने दाङ क्रिकेट लिग सिजन–२ को आन्तरिक तयारी तीव्र रुपमा भईरहेका बेला प्रतियोगिता सफल बनाउन विभिन्न व्यक्ति, निकाय, संघसंस्थाहरु जोडिने क्रम जारी छ । जस अनुसार, लाईफ फुड एण्ड बेभरेज प्रालि अन्तर्गतको किबु इनर्जी ड्रिंक दाङ क्रिकेट लिग–२ को इनर्जी ड्रिंक पार्टनरको रुपमा रहने भएको छ ।

दाङ जिल्ला क्रिकेट संघको आयोजनामा फागुन १४ गतेदेखि दाङमा हुन लागेको प्रतियोगिताका लागि लाईफ फुड एण्ड बेभरेज प्रालिले इनर्जी ड्रिंक पार्टनरका रुपमा रहने गरी सम्झौता गरेको छ । लाईफ फुड एण्ड बेभरेज प्रालिका ब्राण्ड म्यानेजर प्रतिपाल अधिकारी र दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाँ बिच मंगलबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

यसअघि डिसिएल–२ प्रतियोगिता सफल बनाउन गोल्ड प्रायोजकमा नेपाल बैंक लिमिटेड, हस्पिटालिटी पार्टनरमा भिंग्रेली भिलेज रिसोर्ट, घोराही, मेडिकल सहयोग पार्टनरमा बुद्ध इन्टरनेशनल हिस्पटल, घोराही, खेलाडी रजिष्ट्रेशन अनलाईन पार्टनर खल्ती एपसँग सम्झौता भईसकेको छ । पाँच वटा फ्रेन्चाईज क्लबबीच प्रतिष्पर्धा हुने डिसिएल–२ लाई सफल बनाउन आर्थिक रुपमा देश विदेशबाट सहयोग उठ्ने क्रम पनि जारी छ ।

दाङमा क्रिकेटको विकाससँगै खेललाई व्यावसायिक बनाउने लक्ष्यका साथ संचालन गर्न थालिएको डिसिएल–२ प्रतियोगितामा देउखुरी वारियर्स, घोराही टाईगर्स, पुरन्धारा च्यालेन्जर्स, तुलसीपुर रोयल्स र दंगाली लायन्सले डिसिएल–२ खेल्ने दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले जानकारी दिनुभयो ।

प्रतियोगिता जिल्लामा क्रिकेट खेलको वातावरण बनाउनेदेखि जिल्लाबाहिर क्रिकेटको सम्भावना बोकेको जिल्लाको पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिईएको प्रतियोगिता संयोजक समेत रहनुभएका दाङ जिल्ला क्रिकेट संघका सचिव सन्जु केसीले जानकारी दिनुभयो ।

डिसिएसमा उमेर समुह, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेली सकेका खेलाडीलाई अक्सन अर्थात खेलाडी खरीद बिक्रिका आधारमा निश्चित मापदण्डमा रही खेलाईने गरिएको छ । यो पटकका लागि अब चाँडै नै अक्सन गरिने प्रतियोगिता निर्देशक विशेष अधिकारीले जानकारी दिनुभयो ।





थप समाचार

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]

सातौँ सस्करणको सप्तरी प्रिमियर लिग सुरु, राजदेवी रोयल र खडक वारियर्स विजयी

सातौँ संस्करणको मेयर कप सप्तरी प्रिमियर लिग सप्तरीको राजविराजमा बिहिबार सुरु भएको छ। सप्तरी प्रिमियर लिगद्वारा आयोजित प्रतियोगिता अन्तर्गत पहिलो […]

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]