डिसिएल–२ को गोल्ड प्रायोजकमा नेपाल बैंक

घोराही, २३ माघ । दाङ क्रिकेट लिग–२ को मिति नजिकिँदै जाँदा प्रतियोगिता सफल बनाउन विभिन्न संघसंस्था र निकाय जोडिने क्रम जारी छ । आगामी फागुन १४ गतेदेखि दाङमा हुन लागेको दाङ क्रिकेट लिग–२ को गोल्ड प्रायोजकमा नेपाल बैंक लिमिटेड जोडिएको छ ।

दाङ जिल्ला क्रिकेट संघको आयोजनामा हुने दोश्रो संस्करणको दाङ क्रिकेट लिग–२०८० (डिसिएल–२) का लागि गोल्ड प्रायोजकमा नेपाल बैंक लिमिटेड र आयोजक बीच मंगलबार सम्झौता भएको छ । नेपाल बैंक लिमिटेड दाङ शाखा प्रबन्धक केशव सुवेदी र दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाबिच उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

मुख्य प्रायोजकको खोजीमा रहेको डिसिएल–२ का लागि अहिलेसम्म हस्पिटालिटी पार्टनर भिंग्रेली भिलेज रिसोर्ट, मेडिकल सहयोग पार्टनर बुद्ध इन्टरनेशनल हिस्पटल, खेलाडी रजिष्ट्रेशन अनलाईन पार्टनर खल्तीबीच सम्झौता भईसकेको छ ।

दाङमा क्रिकेटको विकाससँगै खेललाई व्यावसायिक बनाउने लक्ष्यका साथ संचालन गर्न थालिएको डिसिएल–२ का फ्रेन्चाईज मालिक र आयोजक दाङ जिल्ला क्रिकेट संघबीच यसअघि नै सम्झौता पत्रमा हस्ताक्षर भईसकेको छ ।

प्रतियोगितामा देउखुरी वारियर्स, घोराही टाईगर्स, पुरन्धारा च्यालेन्जर्स, तुलसीपुर रोयल्स र दंगाली लायन्सले डिसिएल–२ खेल्नेछन् । जसको घोराहीस्थित लिगको हस्पिटालिटी पार्टनरका रुपमा रहेको भिंग्रेली भिलेज रिसोर्ट रहेको प्रतियोगिता संयोजक समेत रहनुभएका दाङ जिल्ला क्रिकेट संघका सचिव सन्जु केसीले जानकारी दिनुभयो । प्रतियोगिताले दाङ जिल्लाको क्रिकेटसँगै समग्र खेलकुद र आर्थिक विकासका लागि मद्दत गर्ने अध्यक्ष प्रदीप मजगैयाँले बताउनुभएको छ । प्रतियोगितामा भाग लिने खेलाडीका लागि खल्ती एपमार्फत रजिष्ट्रेशन खुला गरिएको छ । खेलाडीहरुको अक्सन अब चाँडै गर्ने तयारी भईरहेको प्रतियोगिता निर्देशक विशेष अधिकारीले जानकारी दिनुभयो ।

प्रतियोगिता जिल्लामा क्रिकेट खेलको वातावरण बनाउनेदेखि जिल्लाबाहिर क्रिकेटको सम्भावना बोकेको जिल्लाको पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिईएको पाँच वटै क्लवले अपेक्षा गरेका छन् ।

प्रतियोगिताको मिति नजिकिँदै गर्दा विभिन्न सहयोगीहरु पनि जोडिने क्रम जारी छ । घोराही १७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा भएको पहिलो संस्करणको दाङ क्रिकेट लिगमा घोराही टाईगर्सले देउखुरी वारियर्सलाई हराउँदै उपाधि जितेको थियो ।





थप समाचार

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]

सातौँ सस्करणको सप्तरी प्रिमियर लिग सुरु, राजदेवी रोयल र खडक वारियर्स विजयी

सातौँ संस्करणको मेयर कप सप्तरी प्रिमियर लिग सप्तरीको राजविराजमा बिहिबार सुरु भएको छ। सप्तरी प्रिमियर लिगद्वारा आयोजित प्रतियोगिता अन्तर्गत पहिलो […]

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]