डि ककको अर्धशतकको सहयोगमा बेंगलुरुलाई १८२ रनको लक्ष्य

काठमाडौं । जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)मा ओपनर क्विटन डि ककको अर्धशतकको सहयोगमा लखनाउ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेंगलुरुले १ सय ८२ रनको लक्ष्य पाएको छ ।

बेंगलुरुको घरेलु मैदान एम चेन्नास्वामी क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको लखनाउले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन बनायो ।

लखनाउका लागि ओपनर क्विटन डि ककले ५६ बलमा ८ चौका र ५ छक्काको सहयोगमा ८१ रनको अर्धशतकीय ईनिङ खेले । निकोलस पुरनले २१ बलमा १ चौका र ५ छक्काको सहयोगमा अविजित ४० रन बनाए । मार्कस स्टोईनेसले १५ बलमा १ चौका र २ छक्काको सहयोगमा २४ रन बनाए । कप्तान केएल राहुलले १४ बलमा २ छक्काको सहयोगमा २० रन बनाए ।

बेंगलुरुका लागि ग्लेन म्याक्सवेलले २ तथा यस दयाल, रिच टोप्ली र मोहम्मद सिराजले समान १/१ विकेट लिए ।

जारी सिजनको आइपिएलमा बेंगलुरुले तीन खेलमा एक जित र दुई खेलमा हार व्यहोरेको छ । भने, लखनाउले दुई खेलमा एक जित र एक हार व्यहोरेको छ । बेंगलुरुले पञ्जाव किंग्सविरुद्ध जित हासिल गरेको थियो । भने, चेन्नई सुपर किंग्स र कोलकोता नाईटराईडर्सविरुद्ध हार व्यहोरेको थियो ।

लखनाउले राजस्थान रोयल्सविरुद्ध हार व्यहोरेको थियो । भने, पञ्जाव किंग्सविरुद्ध जित हासिल गरेको थियो । यसअघि दुई सिजन खेलेको लखनउ सुपर जाइन्ट दुवै सिजनमा प्लेअफसम्म पुगेको थियो ।

आईपीएल ईतिहासमा यि दुवै टोली चार पटक आमने सामने भएका छन् । जसमध्ये तीन खेलमा बेंगलुरु विजयी हुदाँ एक खेल लखनाउले जितेको छ ।





थप समाचार

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]