त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टोली घोषणा

२०८१ माघ १४, सोमबार ०९:४३

काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिज खेल्ने नेपाली महिला टोली घोषणा भएकाे छ।

नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार इन्दु बर्माको कप्तानीमा १५ सदस्सीय टोली घोषणा गरेको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा माघ १७ गतेदेखि २५ गतेसम्म नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डबीच टी२० आई सिरिज आयोजना हुँदैछ।

नेपाली टोली:
इन्दु बर्मा (कप्तान),रुबिना क्षेत्री, सीता रानामगर,पुजा महतो,अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, कविता कुँवर, ममता चौधरी, कविता जोशी, रेवती धामी, रोमा थापा, राजमती ऐरी, मनिषा उपाध्याय र ईश्‍वरी विष्ट।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy