त्रिदेशीय टी-ट्वान्टी आई : उपाधीका लागि नेपाल र पीएनजी भिड्दै

२०८० फाल्गुन ३०, बुधबार ०८:१८

काठमाडौं । नेपालले हङकङमा जारी त्रिदेशीय टी-ट्वान्टी आई सिरिजको उपाधीको लागि आज(बुधबार) पपुवा न्युगिनी(पीएनजी)सँग खेल्दैछ ।

खेल हङकङको मिसन रोड ग्राउन्डमा नेपाली समयअनुसार बिहान पौने १२ मा सुरु हुनेछ ।

मंगलबार भएको समूह चरणको अन्तिम खेलमा घरेलु टोली हङकङलाई पराजित गरि पीएनजीले फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो ।

पीएनजीले हङकङलाई १० विकेटले पराजित गरेको हो । मंगलबार भएको समूह चरणको खेलमा नेपालले पीएनजीलाई ८५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । घरेलु टोलीसँगको पहिलो खेल भने वर्षाका कारण रद्द भएको थियो ।

गत साता घरेलु भुमिमा नेदरल्यान्ड्स, नेपाल र नामिबिया रहेको त्रिदेशीय टी-ट्वान्टी आई सिरिजको फाइनल गुमाएको नेपालले यस सिरिजको उपाधी जित्ने लक्ष्यमा रहने छ ।

नेपाली टोली

रोहितकुमार पौडेल(कप्तान), कुशल भुर्तेल, विनोद भन्डारी, गुलसन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, अभिनास बोहोरा, लोकेश बम, आकाश चन्द ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy