दत्तको कीर्तिमानी बलिङमा नामिबिया १२३ रनमा अल आउट

काठमाडौं । नेदरल्यान्ड्सले स्पिनर आर्यान दत्तको कीर्तिमानी बलिङको सहयोगमा नामिबियालाई १ सय २३ रनमा अल आउट गरेको छ ।

टियु मैदान कीर्तिपुरमा जारी विश्वकप लिग टू को अन्तर्गतको सिरिजमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ३५ दशमलब १ ओभरमा अल आउट हुदै १ सय २३ रन बनायो ।

नामिबियाका लागि अलराउन्डर जेजे स्मिथले ४६ बलमा १ चौका र २ छक्काको सहयोगमा २६ रन बनाए । आठौं विकेटका रुपमा स्मिथ म्याक्स ओ डाउडको बलमा आउट भएका थिए । रुबेन ट्रम्पलम्यानले ३९ बलमा २० रन बनाए । विकेटकिपर जान ग्रिनले २९ बलमा ३ चौकाको सहयोगमा १९ रन बनाए । जान फ्रायलिंक र निकोलस डेभिनले समान १३१३ रन बनाए ।

नेदरल्यान्ड्सका लागि आर्यान दत्तले ९ ओभरमा ३४ रन खर्चिएर ६ विकेट लिए । नेदरल्यान्ड्सका लागि ओडिआई ईतिहासको यो नै उत्कुष्ट बलिङ फिगर हो । यस अघि टिम भानले २०१३ अगस्ट २९ मा क्यानडाविरुद्ध ९ ओभरमा २४ रन खर्चिएर ५ विकेट लिएका थिए । शनिबार नेपालविरुद्धको खेलमा दत्तले ३ ओभरमा ४४ रन खर्चिएका थिए ।

नेपाल सिरिजको तेस्रो खेलमा बुधबार नामिबियाविरुद्ध खेल्दैछ ।





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]