दिपेन्द्र र देव चम्कदा नेपालको विशाल योगफल

नेपाल र पपुवा न्यु गिनी बिचको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत अन्तिम तथा निर्णायक खेल हाल टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारि छ। यसअघि शुक्रबार सम्पन्न पहिलो खेलमा पपुवा न्यु गिनीले ६ रनको जित निकाल्दै सिरिजमा अग्रता लिएको थियो ।

खेलमा टस जितेर पहिले ब्याटिंग रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २७८ रन बनाउँदै पपुवा न्यु गिनीलाई सिरिज जितका लागि २७९ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

नेपालको सुरुवात अत्यन्तै खराब रह्यो । ओपनरद्वय कुशल भुर्तेल रोयल डक तथा अनिल शाह १ रनमा आउट भए । त्यसपछि देव खनाल र दिपेन्द्र सिंह एरीले तेस्रो विकेटको लागि १२९ रनको शतकीय साझेदारी गर्दै नेपालको इनिंग्स उकासे । ८६ बलमा ४ चौका र ३ छक्काको मद्धतमा ७२ रन बनाएका देवलाई चार्ल्स अमिनीले एल्बी डब्ल्यु धरापमा पारे ।  दिपेन्द्रसँग ५८ रनको साझेदारी गरेर रोहित पौडेल आउट भएपछि दिपेन्द्रले भिम शार्कीसँग ५५ रनको साझेदारी गर्दै नेपालको इनिंग्स अघि बढाए । रोहित पौडेल ३६ बलमा ३५ रन बनाएर चाड सोपरबाट बोल्ड भए ।

१४० बलमा ७ चौकाको मद्धतमा १०५ रन बनाएका दिपेन्द्र भानुवाको बलिंगमा सोपरबाट समातिए । यससँगै नेपालको लागि एकदिवसीय फर्म्याटमा शतक बनाउँने उनि तेस्रो खेलाडी बनेका छन् । यसअघि पुर्व कप्तान पारस खड्काले सन् २०१९ मा युएईविरुद्ध एकदिवसीयमा १०९ बलमा ११५ रन तथा रोहित पौडेलले शुक्रबार सम्पन्न पपुवा न्यु गिनीविरुद्ध पहिलो खेलमा १०७ बलमा ७ चौका र ४ छक्काको मद्धतमा १२६ रन बनाएका थिए ।

दिपेन्द्रको विकेटपछि नेपालको ब्याटिंग क्रम धराशायी बन्न पुग्यो । फलस्वरूप नेपालले थप ४ रन जोड्दा ४ विकेटनै गुमायो । अन्तिममा सोम्पाल कामि र कप्तान सन्दिप लामिछानेले २७ रनको साझेदारी गर्दै नेपालको योगफल २७० पार गराए । अन्तिम ओभरमा सन्दिपले २ चौका प्रहार गर्दै कुल १६ रन जोडेका थिए ।

पपुवा न्यु गिनीको बलिंगतर्फ एलाई नाओले ९ ओभरमा १ मेडनसहित ४८ रन खर्चिएर सर्वाधिक १ विकेट लिए । यस्तै, नोर्मान भानुवाले २ तथा चाड सोपर र चार्ल्स अमिनीले समान १ विकेट लिए ।

 





थप समाचार

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]

सोमपाललाई चन्द्रकोटले सम्मान गर्ने

गुल्मी, चैत ७ गते । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई सम्मान गर्ने भएको छ […]

लुम्बिनी सरकारले रोहित सहित ६ खेलाडीलाई सम्मान गर्ने

लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वर्ष […]

किङ्सटन रनिङ सिल्ड : क्याम बेस्ट–११ विजयी

काठमाडौं, चैत ६ – क्याम बेस्ट–११ ले दोस्रो संस्करणको किङ्सटन रनिङ सिल्डमा सोमबार जेनएक्स–११ लाई ३ ले हराउँदै विजयी सुरुआत […]

आसिफले पाए सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड

सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड–२०२२ नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले जितेका छन् । मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले […]