दिल्लीद्वारा मुम्बई पराजित

२०८१ बैशाख १५, शनिबार १९:५६

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४३ औं खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।

घरेलु मैदान अरुण जेट्ली क्रिकेट स्टेडियममा भएको खेलमा दिल्ली १० रनले विजयी भयो ।

दिल्लीले दिएको २ सय ५८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय ४७ रन मात्र बनाउन सक्यो ।

मुम्बईका लागि तिलक बर्माले ३२ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ६३ रनको अर्धशतकीय ईनिङ खेले । कप्तान हार्दिक पान्ड्याले २४ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ४६ रन बनाए ।

टिम डेबिडले १७ बलमा २ चौका र ३ छक्काको सहयोगमा ३७ रन बनाए ।

दिल्लीका लागि रसिक सलामले तीन तथा खलिल अहमदले दुई विकेट लिए । मुकेश कुमारले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ५७ रन बनाएको थियो ।

दिल्लीका लागि ओपनर जेक फ्रेसरले २७ बलमा ११ चौका र ६ छक्काको सहयोगमा ८४ रनको अर्धशतकीय ईनिङ खेले । ट्रिस्टन स्टब्स २५ बलमा ६ चौका र २ छक्काको सहयोगमा अविजित ४८ रन बनाए ।

मुम्बईका लागि लुक उड, जसप्रित बुमराह,पियुष चावला र मोहम्मद नाबीले समान एक एक विकेट लिए ।

दिल्ली दश खेलमा पाँचौ जितका साथ पाँचौ स्थानमा उक्लिएको छ । नौ खेलमा छैटौं हारका साथ मुम्बई पुछारबाट दोस्रो स्थानमा छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy