दोस्रो दिन पनि अफ्रिकाको ब्याटिङ जारी

२०८१ श्रावण २५, शुक्रबार ०८:२०

काठमाडौं । दुई खेलको टेस्ट सिरिजका लागि वेस्ट इन्डिज भ्रमणमा रहेको पाहुना टोली दक्षिण अफ्रिकाले दोस्रो दिन पनि आफ्नो ब्याटिङ जारी राखेको छ । वर्षाका कारण पहिलो दिनको खेल १५ ओभरको मात्र सम्भव भएको थियो ।

टस जितेर ब्याटिङ रोजेको पाहुना टोलीले दोस्रो दिनको खेल सकिदा ८ विकेट गुमाएर ३ सय ४४ रन बनाएको छ ।

दक्षिण अफ्रिकाका लागि कप्तान टेम्बा बभुमा र ओपनर टोनी डि जोर्जीले अर्धशतक बनाए । कप्तान बभुमाले १ सय ८२ बलमा सर्वाधिक ८६ रन जोडे । ओपनर जोर्जीले १ सय ४५ बलमा ७८ रन जोडे ।

कायल भेरिनले ३९, ट्रिस्टन स्टम्सले २०, रायन रिकल्टनले १९, डेविड बेडिनहामले २९ रन जोडे । वायन मुल्दार ३७ तथा कागिसो रबडा १२ रनमा अविजित रहेका छन् ।

वेस्ट इन्डिजका लागि जमल वरिकेनले ३, किमार रोच र जयडेन सेल्सले समान २ तथा जेसन होल्डरले १ विकेट लिए ।

सिरिजको दोस्रो टेस्ट खेल १५ अगस्टबाट सुरु हुनेछ । दुई टोलीबीच २४ अगस्टबाट ३ खेलको टि ट्वान्टी सिरिज पनि रहेको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy