दोस्रो दिन पनि अफ्रिकाको ब्याटिङ जारी

काठमाडौं । दुई खेलको टेस्ट सिरिजका लागि वेस्ट इन्डिज भ्रमणमा रहेको पाहुना टोली दक्षिण अफ्रिकाले दोस्रो दिन पनि आफ्नो ब्याटिङ जारी राखेको छ । वर्षाका कारण पहिलो दिनको खेल १५ ओभरको मात्र सम्भव भएको थियो ।

टस जितेर ब्याटिङ रोजेको पाहुना टोलीले दोस्रो दिनको खेल सकिदा ८ विकेट गुमाएर ३ सय ४४ रन बनाएको छ ।

दक्षिण अफ्रिकाका लागि कप्तान टेम्बा बभुमा र ओपनर टोनी डि जोर्जीले अर्धशतक बनाए । कप्तान बभुमाले १ सय ८२ बलमा सर्वाधिक ८६ रन जोडे । ओपनर जोर्जीले १ सय ४५ बलमा ७८ रन जोडे ।

कायल भेरिनले ३९, ट्रिस्टन स्टम्सले २०, रायन रिकल्टनले १९, डेविड बेडिनहामले २९ रन जोडे । वायन मुल्दार ३७ तथा कागिसो रबडा १२ रनमा अविजित रहेका छन् ।

वेस्ट इन्डिजका लागि जमल वरिकेनले ३, किमार रोच र जयडेन सेल्सले समान २ तथा जेसन होल्डरले १ विकेट लिए ।

सिरिजको दोस्रो टेस्ट खेल १५ अगस्टबाट सुरु हुनेछ । दुई टोलीबीच २४ अगस्टबाट ३ खेलको टि ट्वान्टी सिरिज पनि रहेको छ ।





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट :हिमालय र बिएमसीए विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा हिमालय स्पोर्ट्स म्यानेजमेन्ट र बिएमसीए विजयी भएका छन्। मुलपानी मैदानमा जारि […]

एनकासा इन्टर फर्म क्रिकेट : सुब्र , केबिएसआर, अनिश र एपीए विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न चारवटा खेलहरु सम्पन्न भएका छन्। ललितपुर स्थित पुल्चोक […]

डीएभीलाई अन्तर-स्कुल टि-२० क्रिकेटको उपाधि

काठमाडौँ, डिएभि सुशील केडिया विश्व भारतीय स्कुलले १६ औं सीओएएस अन्तर-स्कुल रनिंग टि-२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ। […]

इन्टर-फर्म क्रिकेट : एसएचए र केएएसए युपीबि युथ्स विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म टी २० क्रिकेट प्रतियोगिता आइतबार सुरु भएको छ। ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ मैदानमा आइतबार […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : जनप्रेमी र हिमालयन विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा जनप्रेमी स्पोर्टस् क्लब र हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट विजयी भएका छन्। मुलपानी […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]