नामिबियामाथि नाइजेरियाको रोमान्चक जित

२०८० चैत्र ५, सोमबार २०:०३

काठमाडौं । नामिबियामाथि नाइजेरियाले रोमान्चक जित निकालेको छ ।

घानामा जारी अफ्रिकन क्रिकेटमा नाइजेरियाले नामिबियामाथि ३ विकेटको जित हात पारेको हो ।

नामिबियाले दिएको १ सय २२ रनको लक्ष्य नाइजेरियाले निर्धारित २० ओभरको अन्तिम बलमा ७ विकेट गुमाएर पूरा गरेको थियो ।

सिल्भेटर आकले अन्तिम बलमा छक्का प्रहार गर्दै जित दिलाएका थिए । अन्तिम बलमा जितका लागि २ रन चाहिएको अवस्थामा आकले छक्का प्रहार गरेरका थिए ।

नाइजेरियाको जितमा आइसेक डिनलारीले २८ तथा सिल्भेटर आकले अविजित २२ रन बनाए ।

नामिबियाका लागि जान निको लेफ्टी इटोनले ३ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय २१ रन बनाएको थियो ।

नामिबियाले दुई साता अघि मात्र नेपाललाई घरेलु मैदानमा पराजित गरेको थियो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy