नामिबियामाथि युएईको जित

काठमाडौं – नामिबियामा त्रिकोणात्मक टि२० आई सिरिजको पहिलो खेलमा युएईले घरेलु टोलीमाथि जित हासिल गरेको छ ।

युएईले नामिबियामाथि ४० रनको जित निकालेको हो । जितसँगै तीन टोली सहभागी सिरिजमा २ अंकका साथ युएई शीर्ष स्थानमा उक्लिएको छ । सिरिजमा युएई, घरेलु टोली र अमेरिकाको सहभागीता रहेको छ ।

युएईले दिएको २ सय ४६ रनको विशाल लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय ५ रन मात्र जोड्न सक्यो ।

नामिबियाका लागि ओपनर जेपी कोट्जेले सर्वाधिक ५५ तथा जेजे स्मिटले १९ बलमा ३८ रन जोडे । कप्तान ग्रहार्ड इरास्मसले १९ बलमा ३७, जान निकोल लेफ्टी इटनले २५ तथा जाय फ्रायलिंकले २० रन बनाए ।

युएईका लागि मोहम्मद जगदुल्लाह, अलि नासिर र बासिल हमिदले समान २ तथा बिष्नु सुकुमारन र आयान खानले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङकोगरेको युएईले २० ओभरमा २ विकेट गुमाएर २ सय ४५ रनको योगफल तयार गरेको थियो ।

टि२० आईमा युएईले बनाएको यो सबैभन्दा उच्च योगफल हो । यसअघि गएको अप्रिलमा बहराईनविरुद्ध उसले २ सय ३६ रनको योगफल तयार गरेको थियो ।

युएईका लागि ओपनरद्वय अलिसान सरफु र मोहम्मद वासिमले अर्धशतकीय ईनिङ खेल्दै पहिलो विकेटका लागि १ सय ३० रनको साझेदारी गरेका थिए । सरफुले ३३ बलमा ८ चौका र ४ छक्काको सहयोगमा ७३ तथा कप्तान वासिमले ५० बलमा ६ चौका र ६ छक्काको सहयोगमा नट आउट ८९ रन जोडेका थिए ।

आसिफ खानले २२ बलमा ३९ तथा बासिल हमिदले १५ बलमा नट आउट ३७ रन बनाएका थिए । नामिबियाका लागि कप्तान ग्रेहार्ड इरास्मसले २ विकेट लिएका थिए ।

 





थप समाचार

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनसिएएसए) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]

अर्जुन ट्रफीः कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा डडेल्धुरा फाईनलमा

कैलाली, माघ २६ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल चम्किएपछि फेण्ड्स युथ क्लब डडेल्धुरा क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन […]

ग्रेट हिमालय काठमाडौं छनोटको उपाधि फाइनलमा

काठमाडौँ । ग्रेट हिमालय क्रिकेट एकेडेमी प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको उपाधि नजिक पुगेको छ। मूलपानीको माथिल्लो क्रिकेट […]

आगामी पाँच वर्षभित्र नेपालले टेस्ट क्रिकेट खेल्छ : आसिफ शेख

काठमाडौँ । नेपाली क्रिकेटको विकास र भविष्यबारे विशेष चर्चा गरिएको नेपाल क्रिकेटस् संघर्षदेखि सफलताको उत्सवसम्म कार्यक्रम बिहिवार राजधानीमा सम्पन्न भएको […]