नामिबियासँग नेपाल पराजित

काठमाडौं । २०२७ मा दक्षिण अफ्रिका, जिम्बावे र नामिबियामा आयोजना हुने ओडिआई विश्वकपको छनोटको रुपमा रहेको विश्वकप लिग टू अन्तर्गतको त्रिकोणत्मक सिरिजको आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ ।

टियु क्रिकेट मैदानमा भएको खेलमा नेपाल ४ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १ सय ३३ रनको लक्ष्य नामिबियाले ३३ दशमलब १ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । योसँगै टियु मैदानमा नेपालको लगातार जित रोकिएको छ । नेपालले टियु मैदानमा लगातार १५ ओडिआई खेल जितेको थियो । १६ औं खेलमा भने पराजित भएको छ ।

नामिबियाका लागि जान फ्रायलिंकसले ५३ बलमा ३४ रनमा बनाए । २० औं अन्तिम बलमा सोमपाल कामीको बलमा आउट भए । उनी कुशल भुर्तेलको हातबाट क्याच आउट भए । जान निकोलले ३० बलमा ३१ रन बनाए । उनी ३२ दशमलब ४ ओभरमा कप्तान रोहितकुमार पौडेलको बलमा एलबीडब्लु आउट भए ।

नामिबियाले पहिलो विकेटका रुपमा निकोलास डेभिन १६ बलमा १५ रन बनाउँदै आउट भए । उनी ५ दशमलब ३ ओभरमा ललितनारायण राजवंशीको बलमा आउट भए । मिचेल भान लिन्गेन दोस्रो विकेटका रुपमा आउट भए । ललितकै बलमा अनिल शाहबाट उनी क्याच आउट भए ।

तेस्रो विकेटका रुपमा नामिबियाका कप्तान ग्रेहार्ड इरास्मस सोमपाल कामीले आउट गराए । ८ रन बनाएका इरास्मस पवन सर्राफको हातबाट क्याच आउट भए ।

पाँचौं विकेटका रुपमा २४ दशमलब १ ओभरमा सोमपाल कामीको बलमा जान ग्रिन आउट भए । ग्रिन ९ बलमा २ रन बनाउँदै आउट भएका थिए ।

नेपालका लागि सोमपाल कामीले तीन तथा ललितनारायण राजवंशीले दुई विकेट लिए । रोहितकुमार पौडेलले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेकोमा ४१ दशमलब १ ओभरमा अल आउट हुनु पुर्व १ सय ३२ रन बनाएको थियो ।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रन बनाए । भीमले ८६ बलमा दुई चौका र एक छक्का प्रहार गरेका थिए । उनी २७ दशमलब ४ ओभरमा नामिबियाका कप्तान इरास्मसको बलमा एलबीडब्लु आउट भए । गुलसन झाले ३१ बलमा २१ रन बनाए । झा ३१ दशमलब १ ओभरमा इरामस्सको बलमा आउट भए ।

ईनिङको पहिलो बलमा विकेट गुमाएर नेपालले खराब सुरुआत गरेको थियो । नेपालले पहिलो विकेटका रुपमा ओपनर कुशल भुर्तेललाई शून्य रनमा गुमाएको थियो । ईनिङको पहिलो बलमा नै भुर्तेल रुबेन ट्रम्पलम्यानको बलमा जेजे स्मिथद्वारा स्लिपमा क्याच आउट भए ।

दोस्रो विकेटका रुपमा तेस्रो ओभरको पहिलो बलमा अनिल कुमार शाह ट्रम्पलम्यानको बलमा एलबीडब्लु आउट भए । शाहले ८ रन बनाएका थिए । तेस्रो विकेटका रुपमा ओपनर आशिफ शेख ११ बलमा ४ रन बनाउँदै आउट भए । शेख ज्याक ब्रासेलको बलमा जेजे स्मिथबाट क्याच आउट भए । चौथो विकेटका रुपमा कप्तान रोहित पौडेल एक रन बनाउँदै आउट भए । उनी ब्रासेलको बलमा बोल्ड भएका थिए ।

ब्रासेलले यसै खेलमा ओडिआई डेब्यु गरेका थिए । नेपालले पाँचौ विकेटका रुपमा कुशल मल्ल आउट भएका थिए । मल्ल १९ दशमलब ५ ओभरमा कप्तान ग्रेहार्ड इरास्मसको बलमा आउट भए । मल्ल २२ बलमा १५ रन बनाउँदै आउट भए । मल्ल र भीम सार्कीले पाँचौ विकेटका लागि ४६ रनको साझेदारी भएको थियो ।

छैटौं विकेटका रुपमा २१ दशमलब ४ ओभरमा सोमपाल कामी नामिबियाका कप्तानका इरास्मसको बलमा आउट भए । सोमपालले २ रन मात्र बनाए ।

करण केसी अन्तिम विकेटका रूपमा आउट भएका थिए । करण कप्तान इरास्मसको बलिङमा एलबीडब्लु आउट भए । ललितनारायण राजवंशी शून्य रनमा अविजित गरे ।

नामिबियाका लागि कप्तान इरास्मसले पाँच तथा रूबेन ट्रम्पलम्यान र ज्याक ब्रासेलले समान दुइ दुइ विकेट लिए ।

आठ राष्ट्रको सहभागीता रहने लिग टू सिरिजका शीर्ष चार टोलीले सिधै विश्वकप छनोट स्थान बनाउँने भएकोले यो खेल नेपालका लागि महत्वपुर्ण छ ।

विश्वकप लिग टू को पहिलो खेलमा जित पार्दै नामिबियाले दुई अंकका साथ शीर्ष स्थानमा रहेको छ । हारका साथ नेपाल भने अंक जोड्न असफल भएको छ ।

सिरिजको दोस्रो खेल १७ फेब्रुअरी अर्थात फागुन ५ मा नेदरल्याण्ड्स र नेपालबीच हुँदा १९ फेब्रुअरी अर्थात फागुन ७ मा नेदरल्याण्ड्स र नामिबिया भिड्नेछन् ।

नेपालले सिरिजको आफ्नो तेस्रो खेलमा २१ फेब्रुअरी अर्थात फागुन ९ मा नामिबियासँग खेल्नेछ । २३ फेब्रुअरीमा नामिबिया र नेदरल्याण्ड्स खेल्दा नेपाल र नेदरल्याण्ड्सबीचमा २५ फेब्रुअरीमा खेल हुदै यो सिरिज सकिने छ ।

 





थप समाचार

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]

सातौँ सस्करणको सप्तरी प्रिमियर लिग सुरु, राजदेवी रोयल र खडक वारियर्स विजयी

सातौँ संस्करणको मेयर कप सप्तरी प्रिमियर लिग सप्तरीको राजविराजमा बिहिबार सुरु भएको छ। सप्तरी प्रिमियर लिगद्वारा आयोजित प्रतियोगिता अन्तर्गत पहिलो […]

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]