नेदरल्यान्ड्समाथि नेपालको सहज जित

काठमाडौं । नेपाली बलरको शानदार बलिङ प्रदर्शनमा नेपालले नेदरल्यान्ड्समाथि सहज जित हात पारेको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपाल ६ विकेटले विजयी भएको हो । यस जितका साथ नेपालले फाइनल सम्भावना बलियो बनाएको छ ।

नेदरल्यान्ड्सले दिएको १ सय २१ रनको लक्ष्य नेपालले १५ दशमलब २ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३४ बलमा ३ चौका र १ छक्काको सहयोगमा ४६ रन बनाए । पौडेल भिभियन किंग्माको बलमा आउट भए । गुलसन झाले ३६ बलमा २ चौका र १ छक्काको सहयोगमा ३८ रन बनाए । तेस्रो विकेटका लागि झा र कप्तान पौडेलले ८६ रनको साझेदारी गरे । झा आर्याज दत्तको बलमा आउट भए ।

ओपनर कुशल भुर्तेलले ८ बलमा १२ तथा अर्का ओपनर आशिफ शेखले ८ बलमा ८ रन बनाए । नेपालका दुवै ओपनरलाई भिभियन किंग्माले आउट गराए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९ दशमलब ३ ओभरमा अल आउट हुदै १ सय २० रन मात्र बनाएको थियो ।

नेदरल्यान्ड्सका लागि ओपनर म्याक्स ओडाउडले २४ बलमा १८ रन बनाए । म्याक्स प्रतिश जिशीको बलमा बोल्ड आउट भए । कप्तान स्कट एडवार्डसले २१ बलमा १८ रन बनाए । कप्तान एडवार्डस प्रतिस जिशीको बलमा नै बोल्ड आउट गरे ।

टिम भान डेर गुग्टेनले २६ बलमा २४ रन बनाए । टिम दीपेन्द्रसिंह ऐरीको बलमा आउट भए । रोलेफ भान डेर मिर्रोले १४ बलमा १ चौका र १ छक्काको सहयोगमा अविजित २३ रन बनाए । नेदरल्यान्ड्सका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि करण केसीले पहिलो ओभरमा नै दुई विकेट दिलाएका थिए । तेस्रो विकेटका लागि कप्तान एडवार्डस र म्याक्सबीच ५० रनको साझेदारी भएको थियो । यो साझेदारीबाट नेदरल्यान्ड्स खेलमा फर्कने कोशीश गरे पनि त्यसपछि नियमित विकेट गुमाउँदा कम योगफलमा समेटियो ।

नेपालका लागि प्रतिश जिशीले ३ तथा करण केसीले २ विकेट लिए ।

नामिबिया र नेदरल्याण्ड्सबीचमा ३ मार्च अर्थात फागुन २० मा समूह चरणको अन्तिम खेल हुनेछ ।

समूह चरणका शीर्ष दुइ टोलीबीच ५ मार्च अर्थात फागुन २२ मा फाइनल खेल हुनेछ । खेलहरु नेपाली समयअनुसार बिहान साढे ११ मा सुरु हुनेछ ।





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]