नेदरल्यान्ड्सलाई हराउँदै फाइनल सम्भावना बलियो बनाउँने लक्ष्यमा नेपाल

काठमाडौं । नेपालमा जारी नेदरल्यान्ड्स, नामिबिया र घरेलु टोली सहभागी त्रिदेशीय टी-ट्वान्टी आई सिरिजको आफ्नो चौथो खेलमा नेपालले नेदरल्यान्ड्सको सामना गर्दैछ ।

नेदरल्यान्ड्स र नेपालबीचको खेल टियु क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ११ मा हुनेछ । यसै सिरिजको पहिलो भेटमा नेदरल्यान्ड्सले नेपाललाई २ रनले हराएको थियो । तर, नामिबियालाई शुक्रबार मात्र ३ रनले हराएर जितका साथ पुनः नेदरल्यान्ड्सको सामना गर्दैछ ।

एक खेलमा जित हात पारेर फाइनल सम्भावना कायमै राखेको नेपाल नेदरल्यान्ड्सलाई फराकिलो अन्तरले पराजित गरि सम्भावना झनै बलियो बनाउँन चाहन्छ । सिरिजमा दुई खेल खेलेको नेदरल्यान्ड्स नेपाललाई हराउँदै शतप्रतिशत जितका साथ फाइनलमा स्थान पक्का गर्न चाहान्छ ।

नामिबिया र नेदरल्याण्ड्सबीचमा ३ मार्च अर्थात फागुन २० मा समूह चरणको अन्तिम खेल हुनेछ ।

समूह चरणका शीर्ष दुइ टोलीबीच ५ मार्च अर्थात फागुन २२ मा फाइनल खेल हुनेछ । खेलहरु नेपाली समयअनुसार बिहान साढे ११ मा सुरु हुनेछ ।

नेपाली टोली:

रोहितकुमार पौडेल(कप्तान), आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, गुलसन झा, करण केसी, सोमपाल कामी, प्रतिश जिशी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल शाह, राशिद खान, आरिफ शेख, सागर ढकाल र अभिनास बोहोरा ।





थप समाचार

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]

कास्की र नवलपुरको विजयी सुरुआत

काठमाडौँ। गण्डकी प्रदेशस्तरीय दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्की र नवलपुरले विजयी हासिल गरेका छन्। प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा […]