नेदरल्यान्ड्सविरुद्ध नेपाल : सम्भावित प्लेईङ-११

काठमाडौं । २०२७ मा दक्षिण अफ्रिका, जिम्बावे र नामिबियामा आयोजना हुने ओडिआई विश्वकपको छनोटको रुपमा रहेको विश्वकप लिग टू अन्तर्गतको पहिलो त्रिकोणत्मक सिरिज नेपालमा जारी छ ।

सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सको सहभागीता रहनेछ । सिरिजमा हरेक टोली हरेकसँग दुई खेल खेल्नेछन् । यस त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल शनिबार बिहान साढे ९ मा सुरु हुनेछ ।

आठ राष्ट्रको सहभागीता रहने लिग टू सिरिजका शीर्ष चार टोलीले सिधै विश्वकप छनोट स्थान बनाउँने भएकोले यो खेल नेपालका लागि महत्वपुर्ण छ । नेदरल्यान्ड्स पहिलो पटक नेपालको घरेलु मैदानमा खेल्न लागेको हो । घरेलु भुमीको पहिलो भेटलाई नेपाल ऐतिहासिक बनाउँन चाहन्छ । नेपालले यस खेलमा आफ्नो बलियो प्लेईङ११ मैदान उतार्ने छ । नामिबियाविरुद्धको बिहीबारको खेलबाट नेपालले दुई परिवर्तन गर्ने सम्भावना छ । नेपालको सम्भावित प्लेईङ-११ यसप्रकारको हुनसक्छ :

नेपालका ओपनरमा कुशल भुर्तेल र आसिफ शेखले यस खेलमा पनि निरन्तरता पाउने सम्भावना रहेको छ । कुशलको आक्रामक सुरुआत र आसिफको सुझबुझपुर्ण ब्याटिङको अपेक्षा टोलीलाई रहनेछ । नामिबियाविरुद्धको खेलमा दुवै ओपनरबाट सोचे अनुरुपको प्रदर्शन नभएकाले यस खेलमा राम्रो सुरुआतको अपेक्षा छ ।

तेस्रो नम्बरमा भीम सार्कीले अवसर पाउने सम्भावना रहेको छ । भीमको क्रिजमा टिकेर रहने क्षमताको हरेक तर्फबाट तारिफ हुदै आएको छ । नामिबियाविरुद्धको खेलमा निरन्तर विकेट गईरहँदा टिकेकेर खेल्ने क्षमता देखाई सकेका भीमबाट यस खेलमा पनि सोहि लयको अपेक्षा छ ।

चौथो नम्बरमा कप्तान रोहितकुमार पौडेलले आफ्नो स्थान बनाउँन सक्नेछन् । नेपालको ओडिआई ईतिहासका सर्वाधिक सफल ब्याटर पौडेलबाट केही ओभर बलिङको समेत आवश्यकता देखिन्छ ।

नेपालका लागि पाँचौं नम्बरमा नेपालका नम्बर वान अलराउण्डर दीपेन्द्रसिंह ऐरीको सम्भावना रहेको छ । युएईको लिगमा आबद्ध रहेकाले नामिबियाविरुद्धको खेल गुमाएका थिए । ब्याटिङ, बलिङ र फिल्डिङबाट टिमलाई ऐरीले भरपुर योगदान दिने अपेक्षा रहेको छ ।

छैटौं नम्बरमा नेपाली ओडिआई क्रिकेटका खम्बा मानिने आरिफ शेखको सम्भावना रहेको छ । शेखले केही ओभर मिडियम पेस बलिङ समेत गर्न सक्छन् । शेखका धेरै महत्वपुर्ण ईनिङको सहयोगमा नेपाल हारबाट टाढा भएको छ । नामिबियाविरुद्धको खेलमा शेखलाई बेन्चमा राखेको नेपालले यस खेलमा भने उनलाई मौका दिने सम्भावना छ । सातौं नम्बरमा अलराउण्डर कुशल मल्ल रहने सम्भावना छ । लामो लामो हिटका लागि चिनिने मल्ल राम्रा फिनिसर समेत हुन् । केही ओभर स्पिन बलिङ गर्न सक्ने मल्लको क्षमता समेत रहेको छ ।

आठौं नम्बरमा तिव्र गतिका बलर गुलसन झाले मौका पाउँने सम्भावना छ । यू-१९ विश्वकपमा सोचेअनुसारको प्रदर्शन गर्न नसकेका झाबाट टिमले राम्रो प्रदर्शनको अपेक्षा लिएको छ । नवौं नम्बरमा सोमपाल कामीले स्थान बनाउँने सम्भावना छ । तल्लो क्रममा रहेर राम्रो ब्याटिङको समेत क्षमता राख्ने कामीले फास्ट बलिङमा टोलीको नेतृत्व गर्ने छन् । दशौं नम्बरमा तिव्र गतिका अर्का बलर करण केसीले मौका पाउँने सम्भावना छ । पछिल्लो क्रमको ब्याटिङमा समेत केसीले योगदान दिनेछन् ।

नेपाली टोलीको एघारौं नम्बरमा देब्रे हाते स्पिनर ललितनारायण राजवंशी रहने सम्भावना रहेको छ । राजवंशीको प्रधानमन्त्री कपको प्रदर्शन तथा राष्ट्रिय टोलीबाट यस अघि हुदै आएको प्रदर्शन हेर्दा उनी टोलीमा पर्ने सम्भावना रहेको छ ।

नेपालको सम्भावित प्लेईङ-११

आसिफ शेख(विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, ललितनारायण राजवंशी ।





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]