काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारतको बरोडा क्रिकेट एसोसिएसनको टोलीलाई १ सय ५७ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनायो ।
नेपालका लागि कुशल मल्ल २५ बलमा सर्वाधिक ४० तथा सन्दीप जोराले १६ बलमा २९ रन बनाए । अनिल कुमार शाहले २७ बलमा २५ तथा कप्तान रोहित पौडेलले १३ बलमा १८ रन बनाए ।
