नेपाललाई सिरिज बराबरी गर्न २४१ रनको लक्ष्य

२०८० फाल्गुन ८, मंगलवार १३:०४

काठमाडौं । क्यानडा ११ विरुद्धको तीन खेलको एकदिवसीय सिरिज बराबरी गर्न नेपालले २ सय ४१ रनको लक्ष्य पाएको छ ।

मुलपानी मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडा ११ ले निर्धारित ४९ दशमलब ५ ओभरमा अल आउट हुदै २ सय ४० रन बनायो ।

क्यानडा ११ का लागि श्रेयस मोभ्भाले ८२ बलमा ५ चौकाको सहयोगमा ६८ रनको अर्धशतकीय ईनिङ खेले । नवनित धालीवालले ६० बलमा ४६ रन बनाए । धालीवाल र मोभ्भाले चौथो विकेटका लागि ६६ रनको साझेदारी गरे ।

विकेट किपर श्रीमन्था विजयरत्नेले ५७ बलमा ६१ रन बनाए । ओपनर आरोन जोनसनले ३८ बलमा ३६ रन बनाए । पहिलो विकेटका जोनसन र विजयरत्नेले ६४ रनको साझेदारी गरेका थिए ।

नेपालका लागि साहब आलमले ३ तथा शेर मल्लले २ विकेट लिए । राशिद खान, रिजन ढकाल र बसिर अहमदले समान १/१ विकेट लिए ।

पहिलो खेलमा ४ विकेटले पराजित भएको नेपालले यो खेल खेल्दै सिरिज बराबरी गर्न चाहन्छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy