नेपालले उपाधीका लागि गुजरातसँग खेल्ने

काठमाडौं । भारतको गुजरातमा जारी फ्रेन्डसिप कप टी-ट्वान्टी त्रिकोणात्मक क्रिकेट प्रतियोगिताको उपाधीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली र गुजरात क्रिकेट एसोसिएसनको टोली खेल्ने भएका छन् ।

समुह चरणको शीर्ष दुईमा रहने टोलीले फाइनलमा स्थान बनाउँने नियम अनुसार नेपाल र गुजरातले फाइनल खेल्ने भएका हुन् ।

बिहीबार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा गुजरातले बरोडा क्रिकेट एसोसिएसनको टोलीलाई ५७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

गुजरातले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको बरोडाले १६ दशमलब ४ ओभरमा १ सय ६ रनमा बनाउँदै अल आउट भयो ।

समुह चरणको अन्तिम खेलमा शुक्रबार नेपाल र बरोडा खेल्ने तापनि गुजरातको ४ खेलबाट ४ अंक भईसकेको छ । बरोडाले नेपालविरुद्धको खेल जिते पनि उसको २ अंक मात्र हुने हुँदा बरोडाले एक खेल्न बाँकी रहे पनि गुजरातले फाइनलमा स्थान बनाएको हो । नेपालले भने बुधबार नै एक खेल अगावै फाइनलमा स्थान पक्का गरिसकेको थियो ।

अब नेपाल र गुजरातको टोलीबीच आइतबार उपाधीका लागि खेल हुनेछ । समूह चरणका दुवै खेलमा नेपालले गुजरातलाई पराजित गरेको थियो ।

 





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]