नेपालले टस जित्यो, करण बेन्चमा

२०८१ बैशाख १, शनिबार १५:५८

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप २०२४ को पहिलो खेलमा कतारविरुद्ध नेपालले टस जितेको छ ।

नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन् ।

नेपाली टिममा एक परिवर्तन भएको छ । शुक्रबार मलेसियाविरुद्धको खेलमा टिममा रहेका करण केसी बेन्चमा रहेका छन् । करणको स्थानमा विवेककुमार यादवले मौका पाएका छन् ।

नेपालको प्लेईङ-११

कुशल भुर्तेल, आसिफ शेख(विकेटकिपर), रोहितकुमार पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, कुशल मल्ल, गुलसन झा, विवेककुमार यादव, सोमपाल कामी, अभिनास बोहोरा र ललितनारायण राजवंशी ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy