नेपालले टस जित्यो

२०८० चैत्र १८, आईतवार १४:३७

काठमाडौं । नेपालले गुजरात क्रिकेट एसोसिएसनको टिमविरुद्ध टस जितेको छ ।

नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोजेका छन् ।

गुजरातको टोलीमा रन्जी ट्रफी, विजयहजारे ट्रफी लगायतका भारतका चर्चित घरेलु खेलमा सहभागी खेलाडी रहेका छन् ।

बरोडा, गुजरात र नेपाल सम्मिलित फ्रेन्डसिप कपका लागि नेपाल भारतको गुजरातमा रहेको छ ।

नेपालले दोस्रो खेलमा मंगलबार बरोडा क्रिकेट एसोसिएसनसँग खेल्दा बुधबार पुनः गुजरातसँग खेल्नेछ । शुक्रबार बरोडासँग खेल्दै नेपाल कपको समूह चरणका खेल सकाउने छ । समूह चरणमा शीर्ष दुईमा रहने टोलीका बीचमा फाइनल खेल हुनेछ । चैत २५ मा कपको फाइनल खेल रहेको छ ।

यस प्रतियोगितामा सहभागी हुन नेपाली टोली बिहीबार त्यसतर्फ गएको थियो । यस खेललाई एसीसी प्रिमियर कपको तयारीका स्वरुप हेरिएको छ । एसीसी प्रिमियर कप १२ अप्रिल देखि २१ अप्रिलसम्म ओमानमा आयोजना हुदैछ ।

नेपालको प्लेईङ-११

कुशल भुर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल, अनिल शाह, दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सन्दीप जोरा, गुलसन झा, करण केसी, सोमपाल कामी, अभिनाश बोहोरा

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy