नेपालले टस हार्यो, अनिल बेन्चमा

२०८० चैत्र १२, सोमबार १२:३८

काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्धको दुई खेलको टी-ट्वान्टी सिरिजको पहिलो खेलमा नेपालले टस हारेको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा आयरल्यान्ड ए का कप्तान निल रकले टस जितेर ब्याटिङ रोजपछि नेपालले पहिला बलिङ गर्दैछ ।

नेपालले अनिलकुमार शाह, विवेक यादव, आकाश चन्द र प्रतिश जिसीलाई बेन्चमा राखेको छ ।

नेपालको प्लेईङ-११

कुशल भुर्तेल, आसिफ शेख(विकेटकिपर), रोहितकुमार पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, कुशल मल्ल, गुलसन झा, करण केसी, सोमपाल कामी, ललितनारायण राजवंशी र अभिनाश बाहोरा ।

 

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy