काठमाडौं । नेपालले गुजरात क्रिकेट एसोसिएसनको टिमविरुद्ध टस हारेको छ ।
गुजरातका कप्तानले टस जितेर बलिङ रोजेका छन् । गुजरातले बलिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गदै छ ।
बरोडाको टोलीमा रन्जी ट्रफी, विजयहजारे ट्रफी लगायतका भारतका चर्चित घरेलु खेलमा सहभागी खेलाडी रहेका छन् ।
शुक्रबार बरोडासँग खेल्दै नेपाल कपको समूह चरणका खेल सकाउने छ । समूह चरणमा शीर्ष दुईमा रहने टोलीका बीचमा फाइनल खेल हुनेछ । चैत २५ मा कपको फाइनल खेल रहेको छ ।
नेपालले मंगलबारको बरोडाविरुद्ध खेलमा खेलेका दुई खेलाडीलाई आराम दिएको छ । करण केसी र दीपेन्द्रसिंह ऐरी बेन्चमा रहँदा प्रतिश जिसी र विवेक यादबले मौका पाएका छन् ।
नेपालको प्लेईङ-११
रोहितकुमार पौडेल(कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, विवेक यादव, गुलसन झा, अनिल शाह, प्रतिश जिसी, सोमपाल कामी, अभिनास बाहोरा ।