नेपालसँग खेल्ने युएईको टोली घोषणा

२०८१ असार १४, बिहीबार १५:०९

काठमाडौं । श्रीलंकामा आगामी महिना आयोजना हुने महिला एसिया कपमा नेपालसँग एकै समूहमा रहेको युएईको टोली घोषणा भएको छ ।

इमिरेट्स क्रिकेट बोर्डले इशा ओजको कप्तानीमा १५ सदस्यिय युएईको टोली घोषणा गरेको हो ।

नवौं संस्करणको महिला एसिया कपमा आठ राष्ट्रको सहभागीता रहेको छ ।

एसियाका टेष्ट मान्यता पाएका अफगानिस्तान बाहेकका टिम सिधै छनोट भएको यस प्रतियोगितामा बाँकी चार टोली भने एसीसी महिला प्रिमियर कपमा शीर्ष चारमा रहेका टिम हुन् ।

प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल सहित युएई समूह ए मा रहेको छ ।

समूह ए मा सात पटकको च्याम्पियन भारत सहित पाकिस्तान पनि रहेका छन् । समूह बी मा बंगलादेश, श्रीलंका थाईल्यान्ड र मलेसिया छन् ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy