नेपाली यु १९ टोलीलाई पुरस्कारको घोषणा

२०८१ कार्तिक २९, बिहीबार १८:२१

काठमाडौं । आइसिसी यु १९ महिला विश्व कपमा नेपाललाई पहिलो पटक छनोट गराउन सफल टोलीलाई नगद सहित सम्मान गरिने भएको छ ।

नेपाल क्रिकेट संघ(क्यान) ले बिहिवार विश्व कपमा नेपाललाई पुर्याउन सफल टोलीका खेलाडी तथा अफिसियलहरुलाई नगद सहित सम्मान गर्ने बताएको छ ।

क्यानले बिहीवार एक विज्ञप्ती जारी गर्दै विश्व कपमा छनोट गराउन सफल खेलाडीलाई जनही २ लाख ५० हजार तथा अफिसियलहरुलाई जनही १ लाख ५० हजार रुपैयाँसहित सम्मान गर्ने भएको छ ।

छनोटका लागि जित्नै पर्ने खेलमा बुधवार युएईलाई ८ विकेटलाई पराजित गर्दै आगामी वर्ष मलेसियामा हुने यु १९ महिला विश्व कपमा नेपालले पहिलो पटक स्थान बनाएको हो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy