नेपाल ए ले पायो १७५ रनको लक्ष्य

२०८० चैत्र २३, शुक्रबार १२:२९

काठमाडौं । नेपाली बलरसामू चल्न नसक्दा तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा आयरल्यान्ड वल्भ्स १ सय ७४  रनमा अल आउट भएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले ३८ दशमलब ४ ओभरमा अल आउट हुदै १ सय ७४ रन मात्र बनाउँन सक्यो ।

आयरल्यान्डका लागि गोभिन होयले ५९ बलमा ५ चौका र २ छक्काको सहयोगमा ५० रनको अर्धशतकीय ईनिङ खेले । कप्तान निल रकले ३८ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ४५ रन हुनेछ । रक र होयले सातौं विकेटका लागि ४४ रनको साझेदारी गरेर खेलमा फर्कन सम्भावना देखाए पनि कप्तान रक ४५ रनमा आउट भएसँगै साझेदारी तोडिएको थियो ।

होय र लियम म्याकार्थीले आठौं विकेटका लागि ५४ रनको साझेदारी गरे । म्याकार्थीले ५४ बलमा ३५ रन बनाए । माथिल्लो क्रमका ब्याटरले रन बनाउँन नसके पनि तल्ला क्रमका ब्याटरले टिमलाई सम्मानजनक योगफल सम्म पुर्याए ।

पीजे मोरले १७ बलमा ३ चौकाको सहयोगमा १७ रन बनाए ।

आयरल्यान्ड वल्भ्सका लागि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

नेपालका लागि साहब आलम र रिजन ढकालले ३/३ तथा मौषम ढकालले २ विकेट लिए । कमलसिंह ऐरी १ विकेट लिए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy