नेपाल पहिले ब्याटिङ गर्दै

२०८० माघ १७, बुधबार १३:२७

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आइसीसी यू-१९ क्रिकेट विश्वकप अन्तर्गत आज सुपर सिक्समा नेपालले पहिले ब्याटिङ गर्दै छ ।

माङगोङ ओभलमा टस जितेर नेपालले ब्याटिङ रोजेको हो ।

नेपालको टोलीमा दुई परिर्वतन भएको छ । तिलक भण्डारी र दिपक डुम्रे प्लेईङ-११ बाट बाहिरिएका छन् । विशाल विक्रम केसी र दुग्रेश गुप्ताले टोलीमा मौका पाएका छन् ।

नेपाल सुपर सिक्स खेल्नु अघि नै सेमिफाइनल दौडबाट बाहिर भइसकेको छ । त्यसैले नेपाल विना दबाब उत्कृष्ट खेल्दै बंगलादेशलाई दुई दशकपछि स्तब्ध पार्ने सोच हुनेछ ।

उता बंगलादेशलाई भने सुपर सिक्सको अंक गणीतिय सम्भावना कायमै राख्न विशाल जित आवश्यक पर्दछ ।

नेपाल र बंगलादेशबीच यु-१९ विश्वकपमा अहिलेसम्म दुई पटक भेट भएको छ । एक खेल नेपालले जित्दा एक खेल बंगलादेशले जितेको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy