नेपाल ब्याटिङ गर्दै

२०८१ आश्विन १३, आईतवार २१:२२

काठमाडौं । नेपालले क्यानडामा जारी त्रिकोणात्मक टि२० सिरिजमा ओमानविरुद्ध टस हारेको छ ।

ओमानका कप्तान अकिब इल्यासले टस जितेर बलिङ रोजे पछि नेपालले पहिला ब्याटिङ गर्दैछ ।

ओमानविरुद्धको खेलमा शनिवार घरेलु टोलीसँग खेलेको प्लेईङ-११ मा १ परिवर्तन गरेको छ ।

नेपालले शनिवार खेलेका तीव्र गतिका बलर सोमपाल कामीलाई बेन्चमा राख्दा गुलसन झालाई मौका दिएको छ ।

नेपालको प्लेईङ-११

आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, अनिल शाह, देव खनाल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सन्दीप लामिछाने र रिजन ढकाल

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy