नेपाल र आयरल्यान्ड ए बीचको टी-ट्वान्टी सिरिज आजबाट

काठमाडौं । आयरल्यान्ड ए सँग घरेलु टोली नेपालले दुई खेलको टी-ट्वान्टी सिरिज आज (सोमबार) बाट खेल्दै छ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने सिरिजअन्तर्गत पहिलो खेल दिउँसो १ बजेबाट शुरू हुने छ।

सिरिजका लागि आयरल्यान्ड वुल्भ्सको टोली नेपाल आइसकेको छ। आयरल्यान्ड ए लाई वुल्भ्सको नामले समेत चिनिन्छ ।

सिरिजमा सिनियर नेपाली टोलीले आयरल्यान्ड ए सँग दोस्रो खेल मंगलबार खेल्ने छ।

यसलगत्तै नेपालले भारतमा बरोडा र गुजरात क्रिकेट टोलीसँग त्रिकोणात्मक सिरिज खेल्ने छ । सिरिज ३१ मार्च देखि ७ अप्रिलसम्म हुने छ । सिरिजमा हरेक टोलीले हरेकसँग दुई दुई खेल खेल्ने छन् । ३१ मार्चमा नेपाल र गुजरातबीच खेल हुँदा १ अप्रिलमा बरोडा र गुजरात खेल्नेछन् ।

२ अप्रिलमा नेपाल र बरोडा तथा ३ अप्रिलमा नेपाल र गुजरातबीच खेल हुनेछ । ४ अप्रिलमा बरोडा र गुजरातबीच खेल हुँदा ५ अप्रिल नेपाल र बरोडाबीच समूह चरण अन्तिम खेल हुनेछ । समूह चरणको खेलमा शीर्ष दुई टोलीबीच ७ अप्रिलमा फाइनल खेल हुनेछ ।

यस सिरिजलाई एसीसी प्रिमियर कपको तयारीका स्वरुप हेरिएको छ । एसीसी प्रिमियर कप १२ अप्रिल देखि २१ अप्रिलसम्म ओमानमा आयोजना हुदैछ ।

यस्तै, नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्सीय टोली घोषणा गरिसकेको छ।

नेपाली टोली

रोहितकुमार पौडेल(कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, विवेक यादव, गुलसन झा, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, प्रतिश जिसी, आकाश चन्द, करण केसी, सोमपाल कामी, अभिनास बाहोरा ।

 

 





थप समाचार

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]

कास्की र नवलपुरको विजयी सुरुआत

काठमाडौँ। गण्डकी प्रदेशस्तरीय दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्की र नवलपुरले विजयी हासिल गरेका छन्। प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा […]