नेपाल र ओमानबीचको खेल रद्द

२०८१ आश्विन ९, बुधबार ०८:०८

काठमाडौं । लगातारको वर्षाका नेपाल र ओमानबीचको विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजको खेल रद्द भएको छ ।

निरन्तरको वर्षाका कारण खेल हुन नसकेर रद्द भएको हो । खेल रद्द भएपछि दुवै टोलीले १-१ अंक बाडेका छन् ।

त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित नेपालले दोस्रो खेलमा ओमानसँग १ विकेटको हार बेहोरेको थियो । तेस्रो खेलमा क्यानडासँग फेरि ५ विकेटले पराजित भएको थियो ।

ओनेपालले विश्वकप लिग टुमा ८ खेल खेल्दा १ मात्र जित हात पारेको छ । नेपालमै भएको विश्वकप लिग टुको पहिलो राउन्डमा नेपालले नेदरल्यान्ड्समाथि जित हासिल गरेको थियो ।

लिग टुको अंक तालिकामा नेपाल ८ खेलमा ३ अंकका साथ तालिकामा पुछारबाट दोस्रो स्थानमा छ । ओमान ७ खेलमा ६ अंकका साथ छैटौं स्थानमा छ ।

ओडिआई सिरिज पछि नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज खेल्नेछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy