नेपाल र कुवेत खेल्दै

काठमाडौं । आगामी वर्ष भारत र श्रीलंकामा आयोजना हुने टि २० विश्वकपको एसिया तथा पुर्वी एसिया प्यासेफिक छनोटको पहिलो खेलमा आज नेपालले कुवेतसँग खेल्दैछ ।

कुवेत र नेपालबीचको खेल नेपाली समय अनुसार बुधबार राती ८ः४५ मा सुरु हुदैछ । नेपाल र कुवेत टि२० आईमा चौथो पटक आमने सामने हुदैछन् । यसअघिका तीन मध्ये दुईमा नेपालले तथा एक खेलमा कुवेतले बाजी मारेको थियो ।

नेपाल कुवेतलाई पराजित गरि लगातार दोस्रो पटक विश्वकपमा छनोटको यात्राको सुखद सुरुवातको लक्ष्यमा रहेको छ । कुवेत पनि नेपाललाई पराजित गरि सुखद सुरुवातको योजनामा रहेको छ ।

यस छनोटको शीर्ष तीनमा अटाउन सकेमा नेपाल लगातार दोस्रो पटक विश्वकपका लागि छनोट हुनेछ । छनोटमा ९ राष्ट्रको सहभागीता रहनेछ । सहभागी राष्ट्रहरुलाई तीन समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘बी’ मा रहेको छ ।

नेपालको समूहमा कुवेतसँगै जापान पनि रहेको छ । हरेक समूहमा सिङ्गल राउन्ड रोबिनका आधारमा खेलहरु हुनेछ । प्रत्येक समूहको शीर्ष दुईमा रहने राष्ट्रले सुपर सिक्समा स्थान बनाउने छ ।

सुपर सिक्समा हरेक टोलीले आफ्नो समूहको बाहेक अन्य चार राष्ट्रको सामना गर्नेछ । नेपालले आफ्नो समूहबाट सुपर सिक्समा पुगेको राष्ट्र बाहेक अन्य चार राष्ट्रसँग खेल्नेछ । सुपर सिक्सको खेलमा नेपाल शिर्ष तीनमा रहन सकेमा लगातार दोस्रो पटक विश्वकपमा स्थान बनाउने छ ।

नेपालले समूह चरणको दोस्रो खेलमा जापानसँग भने असोज २४ अपरान्ह सवा चारमा खेल्नेछ । असोज २६ देखि असोज ३१ सम्म सुपर सिक्सका खेलहरु हुनेछन् ।

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy