काठमाडौं । भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज(बुधबार) गुजरात क्रिकेट एसोसिएसनको टिमसँग खेल्दैछ ।
खेल भारतको गुजरातमा नेपाली समय अनुसार दिउँसो पौने ३ मा सुरु हुनेछ ।
यस खेलमा जित निकाल्दै नेपाल एक खेल अगाबै फाइनल प्रवेशको लक्ष्यमा रहेको छ । आइतबार नेपालले गुजरातलाई पराजित गर्दै प्रतियोगिता सुरु गरेको थियो ।
गुजरातको टोलीमा रन्जी ट्रफी, विजयहजारे ट्रफी लगायतका भारतका चर्चित घरेलु खेलमा सहभागी खेलाडी रहेका छन् ।
बरोडा, गुजरात र नेपाल सम्मिलित फ्रेन्डसिप कपका लागि नेपाल भारतको गुजरातमा रहेको छ । पहिलो खेलमा आइतबार नेपालको गुजरात क्रिकेट एसोसिएसनको टोलीलाई पराजित गरेको थियो ।
शुक्रबार बरोडासँग खेल्दै नेपाल कपको समूह चरणका खेल सकाउने छ । समूह चरणमा शीर्ष दुईमा रहने टोलीका बीचमा फाइनल खेल हुनेछ । चैत २५ मा कपको फाइनल खेल रहेको छ ।
यस प्रतियोगितामा सहभागी हुन नेपाली टोली बिहीबार त्यसतर्फ गएको थियो । यस खेललाई एसीसी प्रिमियर कपको तयारीका स्वरुप हेरिएको छ । एसीसी प्रिमियर कप १२ अप्रिल देखि २१ अप्रिलसम्म ओमानमा आयोजना हुदैछ ।
नेपाली टोली
रोहितकुमार पौडेल(कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, विवेक यादव, गुलसन झा, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, प्रतिश जिसी, आकाश चन्द, करण केसी, सोमपाल कामी, अभिनास बाहोरा ।
