नेपाल र हङकङबीचको खेल वर्षाका कारण रोकियो

काठमाडौं । नेपाल र हङकङबीचको खेल वर्षाका कारण रोकिएको छ ।

हङकङमा आजबाट सुरु त्रिदेशीय टी-ट्वान्टी आई सिरिजको पहिलो खेल वर्षाका कारण रोकिएको हो । हङकङको मिसन रोड ग्राउन्डमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोजेको थिए । पहिले ब्याटिङ गरिरहेको घरेलु टोलीले ५ ओभरको समाप्तीमा १ विकेट गुमाएर ४३ रन बनाएको अवस्थामा खेल रोकिएको हो । क्रिजमा अशुंमन रथ ३३ तथा कप्तान निजाकत खान ९ रन बनाएर रहेका छन् । ओपनर मार्टिन कोट्जे ईनिङको पहिलो बलमा करण केसीद्वारा आउट भएका थिए ।

त्रिदेशीय टी-ट्वान्टी सिरिजमा पपवा न्युगिनी, हङकङ र नेपाल रहेका छन् । आईतबार हङकङविरुद्ध खेलेको टिममा नेपालले तीन परिवर्तन गरेको छ ।

आईतबारको खेलमा रहेका राशिद खान, आकाश चन्द र सागर ढकाललाई यस खेलमा आराम दिईएको छ । लोकेश बम, अभिनास बोहोरा र करण केसीले टिममा मौका पाएका छन् । बमले २०२२ मार्च २८ पछि पहिलो पटक टिममा स्थान बनाएका हुन् ।

नेपालले एसीसी प्रिमियर कप तथा विश्वकप तयारीका लागि सिरिजमा सहभागीता जनाउदै छ । नेपाल र पीएनजीले यस वर्ष अमेरिका र वेस्ट इण्डिजमा हुने विश्वकपमा सहभागीता जनाउदै छन् । हङकङले भने नेपालसँगै एसीसी प्रिमियर कप खेल्दैछ ।

नेपालको प्लेईङ-११

कुशल भुर्तेल, विनोद भन्डारी(विकेटकिपर), रोहितकुमार पौडेल(कप्तान), गुलसन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, लोकेश बम, प्रतिश जिसी, करण केसी, अभिनास बोहोरा ।

 





थप समाचार

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]

सातौँ सस्करणको सप्तरी प्रिमियर लिग सुरु, राजदेवी रोयल र खडक वारियर्स विजयी

सातौँ संस्करणको मेयर कप सप्तरी प्रिमियर लिग सप्तरीको राजविराजमा बिहिबार सुरु भएको छ। सप्तरी प्रिमियर लिगद्वारा आयोजित प्रतियोगिता अन्तर्गत पहिलो […]

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]