पन्जाबमाथि हैदराबादको जित

२०८० चैत्र २७, मंगलवार २३:३१

काठमाडौं । १७ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आइपीएल) २३ औं खेलमा सनराइजर्स हैदराबादले पन्जाब किंग्सलाई पराजित गरेको छ ।

पन्जाबको घरेलु मैदान मुल्लानपुरमा भएको खेलमा हैदराबाद २ रनले विजयी भयो ।

हैदराबादले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो ।

पन्जाबका लागि शशांक सिंहले २५ बलमा ६ चौका र १ छक्काको सहयोगमा अविजित ४६ रनको इनिङ खेले । आशुतोष शर्माले १५ बलमा ३ चौका र २ छक्काको सहयोगमा अविजित ३३ रन बनाए । साम करनले २२ बलमा २ चौका र २ छक्काको सहयोगमा २९ रन बनाए ।

हैदराबादका लागि भुवेनेश्वर कुमारले दुई तथा जयदेव उनान्दकड, प्याट कमिसं, टि नटराजन र नितिशकुमार रेड्डीले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो ।

हैदराबादका लागि रेड्डिले ३७ बलमा ४ चौका र ५ छक्काको सहयोगमा ६४ रनको अर्धशतकीय ईनिङ खेले । अब्दुल समादले १२ बलमा ५ चौकाको सहयोगमा २५ रन बनाए । छैटौं विकेटका लागि रेड्डि र समादले २० बलमा ५० रनको साझेदारी गरेका थिए ।

ओपनर ट्राभिस हेडले १५ बलमा ४ चौकाको सहयोगमा २१ रन बनाए । शाहबाज अहमदले ७ बलमा १ चौका र १ छक्काको सहयोगमा अविजित १४ रन बनाए । अभिषेक शर्माले १६ तथा राहुल त्रिपाटीले ११ रन बनाए ।

पन्जाबका लागि अर्शदिप सिंहले चार तथा हर्षल पटेल र साम करनले समान दुई दुई तथा कागिसो रबाडाले एक विकेट लिए ।

पाचौं खेलमा तेस्रो जित निकालेको हैदराबाद छ अंकका साथ पाँचौ स्थानमा छ । पाँचौ खेलमा तेस्रो हार व्यहोरेको पन्जाब छैटौं स्थानमा छ ।

चार खेलमा अपराजित राजस्थान रोयल्स अंक तालिकाको शीर्ष स्थानमा छ । यस लिगमा १० टोलीको सहभागीता रहेको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy