काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ ।
पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट ईण्डिज २ सय ८२ रन मा अलआउट भयो ।
वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । जेसन होल्डरले १ सय १२ बलमा ५९ तथा जोसअ डि सिल्भाले ९९ बलमा ४९ रन बनाए ।
ओपनर माइकाल लुईसले २६ तथा शेमार जोफले १६ रन बनाए ।
इंग्ल्याण्डका लागि गस एटकिन्सनले चार तथा क्रिस वोक्सले तीन विकेट लिए । मार्क वुडले दुई तथा शोयब बासिरले एक विकेट लिए ।
पहिलो इनिङमा वेस्ट इण्डिजलाई २ सय ८२ रनमा अल आउट गरेको इंग्ल्याण्डले पहिलो दिनको खेल सकिदा ३ विकेट गुमाएर ३८ रन मात्र बनाएको छ ।
इंग्ल्याण्डका लागि ओपनर ज्याक क्रलि १८ रन बनाउँदै आउट भए । ओली पोप ६ र जोय रुट २ रनमा अविजित रहेका छन् ।
वेस्ट इण्डिजका लागि जयडेन सेल्सले २ तथा अल्जारी जोसेफले १ विकेट लिएका छन् ।
पहिलो दिनको खेल सकिदा घरेलु टोली इंग्ल्याण्ड २ सय ४४ रनले पछि रहेको छ ।
तीन खेलको टेस्ट सिरिजका लागि वेस्ट इण्डिज इंग्ल्याण्ड भ्रमणमा रहेको छ । सुरुआती दुई खेल गुमाएको पाहुना टोलीले सिरिज पनि गुमाई सकेको छ ।