पाँचपोखरि टि-२० क्रिकेट प्रतियोगिता : तेस्रो दिनको खेलमा पाँचपोखरी भोताङ र सानू सिरुवाली विजयी

पाँचपोखरी टि-२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो दिनको खेलमा पाँचपोखरी भोताङ र सानू सिरुवाली विजयी भएका छन् ।

मुलपानी क्रिकेट मैदानमा भएको पहिलो खेलमा पाँचपोखरीले चौतारा साँगाचोकगढी नगरपालिकालाई ७ विकेटले हरायो ।

खेलमा टस जितेर ब्याटिङ रोजेको साँगाचोकगढीले १३.२ ओभरमा सम्पुर्ण विकेट गुमाएर ६७ रनमात्रै बनाउन सक्यो । उसका लागि ओपनर नवराज थापाले १३ बलमा २४ र मिलन थापाले अविजित १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोर अंकमा रन बनाउन सकेनन् ।

पाँचपोखरीको बलिङतर्फ दावा लामा, अविनास तामाङ र बिक्रम तामाङले समान २ विकेट लिए।

६८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको पाँचपोखरीले ८.५ ओभरमा ३ विकेट गुमाएर जित भेटायो । उसका लागि ओपनरद्वय पासाङ तामाङ र आर्य तामाङले क्रमशः २० र १२ तथा दावा लामाले अविजित ११ रन बनाए ।

साँगाचोकगढीको बलिङतर्फ नवराज थापा, बिनोद गौतम र निम्रल थापाले समान १ विकेट लिए ।                                                                                                                               

यस्तै दिनको दोस्रो खेलमा सानू सिरुवालीले मेलम्ची नगरपालिकामाथी ४६ रनको सहज जित निकाल्यो ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको सिरुवालीले निर्धारित २० ओभरमा अल आउट हुँदै १२४ रन बनायो । उसका लागि रिङजिन लामाले ५६ बलमा ७ चौकाको मद्धतमा ५८ रन बनाए । यस्तै, एकनाथ नेपालले १४ तथा सुदिप दुलालले १३ रनको योगदान दिए ।

साँगाचोकगढीको बलिङतर्फ आशिष तामाङले ४ तथा अनिश दुलालले ३ विकेट लिए ।
१२५ रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएको साँगाचोकगढी १४ ओभरमा ७८ रनमै समेटियो । उसका लागि अनिष दुलालले सर्वाधिक १४ रन बनाउदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पाँचपोखरीको बलिङतर्फ सुदिप दुलालले ३ तथा सुशन चौलागाईं र मनोज खड्काले समान २ विकेट हात पारे ।





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]