काठमाडौं । श्रीलंकाका थप दुई तीव्र गतिका बलरहरू भारतविरुद्धको एकदिवसीय सिरिजबाट बाहिरिएका छन् । तीव्रगतिका बलरद्वय माथिशा पाथिराना र दिलशान मधुशंकाले सिरिज गुमाउने भएका हुन् । पाथिरानाको काँधमा चोट लागेको छ भने मधुशंकालाई ह्यामस्ट्रिङमा चोट लागेको छ।
श्रीलंकाको टोलीमा बिरामी परेका दुष्मन्था चमीरा र औंला भाँचिएका नुवान तुषारा पनि छैनन् । यी दुवै खेलाडीले टी–२० आईमा पनि सहभागिता जनाएका थिएनन् ।
उनीहरुको स्थानमा दायाँ हाते तीव्र गतिका बलर मोहम्मद शिराजलाई र दायाँ हाते तीव्र गतिका बलर इशान मालिंगालाई टोलीमा समावेश गरिएको छ । टोलीमा समावेश दुवै खेलाडीले अनक्याप्ड रहेका छन् ।
भारतसँगको तीन खेलको ओडिआई सिरिज शुक्रबारबाट सुरुआत हुदैछ ।