पिपिएल-२ : पहिलो खेलमा ज्ञानेन्द्र र शरदको टिम आमने-सामने ( सम्पूर्ण जानकारी )

दोश्रो सिजनको पोखरा प्रिमियर लिग पिपीएल टि-२० आइतबारबाट पोखरामा सुरु हुँदैछ। प्रतियोगिताको सम्पूर्ण तयारी सकेको आयोजकले बताएको छ।

लिगको पहिलो खेलमा आइतबार डिफेन्डिङ च्याम्पियन पोखरा पल्टन र काठमाडौँ गोल्डेन्स वारियर्स प्रतिस्पर्धा गर्दैछन्। खेल पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा ११:३० बजे सुरु हुने आयोजकले बताएको छ। खेलको प्रत्यक्ष प्रशारण हिमालय टिभीले गर्नेछ।

लिगमा गत सिजन जस्तै ६ सहरको प्रतिनिधित्व गर्ने टिमहरु खेल्दैछन्। ज्ञानेन्द्र मल्ल कप्तानीको काठमाडौँ गोल्डेन वारियर्स, अघिल्लो सिजनको उपविजेता पारस खड्काले कप्तानी गर्ने चितवन राइनोज, दिपेन्द्र ऐरी कप्तान रहेको धनगढी ब्लुज, सोमपाल कामि कप्तान रहेको बुटवल ब्लास्टर्स, शरद भेसावकर कप्तान रहेको डिफेन्डिङ च्याम्पियन पोखरा पल्टन तथा प्रदिप ऐरी कप्तान रहने बिराटनगर टाईटन्स लिगमा सहभागी छन्।

शरद भेसावकर कप्तानीको पोखराले गत सिजन पारस खड्का कप्तानीको चितवन राइनोजलाइ पराजित गर्दै उपाधि जितेको थियो। काठमाडौँ भने गत सिजन प्रतियोगिताको हिस्सा थिएन। गत सिजन हुलास काठमाण्डौ रोयल्सको ठाउँमा काठमाडौँ गोल्डेन वारियर्सले प्रतियोगितामा सहभागिता जनाएको हो।

गत सिजन डीपीएल खेलेको काठमाडौँ गोल्डेन यो पटक काठमाडौँ गोल्डेन वारियर्सको रुपमा पिपिएल खेल्दैछ जसको कप्तान ज्ञानेन्द्र रहेका छन्

हाल राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश शिलवाल मालिक रहेको काठमाडौँ गोल्डेनले यस अघि धनगढी प्रिमियर लिगको ३ वटा सिजनमा भाग लिएको थियो। गत सिजन धनगढी प्रिमियर लिगको क्वालिफायर पुगेको धनगढीले आफ्नो विदेशी खेलाडी अंकित दबासलाई बलिंग गर्न प्रतिबन्ध लगाउदा प्रतियोगितानै बहिस्कार गरेको थियो। टिमको कप्तानी ज्ञानेन्द्र मल्लले गर्दैछन्। मालिक र नाम फरक रहेता पनि टिमका खेलाडीहरु भने उही रहेका छन्।

यस्तो छ पोखरा टिम , आइपीएल खेलेका लड्डा टिममा 

डिफेन्डिङ च्याम्पियन पोखरा टिममा अनुभवी राष्ट्रिय खेलाडी बिनोद भण्डारी, रोहित पौडेल, ललित राजबंशी , मेहबुब आलम, कुशल मल्ल, कुशल भुर्तेल र इशान पाण्डे जस्ता खेलाडीहरु रहेका छन्। यस्तै विदेशी खेलाडीहरुमा गत सिजनको सर्वाधिक रनकर्ता तथा फाइनल खेलको प्लेयर अफ द म्याच रभी इन्दर सिंह टिममा रहेका छन्। गत सिजन टिममा रहेका दिपेश खत्री, बिक्रम भुसाल र दिभ्यान्शु मलिकलाई रिलिज गर्दै यो पटक पोखराले विस्फोटक ब्याट्सम्यान तथा देब्रे हाते स्पिनर कुशल मल्ललाई टिममा भित्र्याएको छ। 

रभी इन्दर सिंह गत सिजनको सर्वाधिक रनकर्ता हुन् ( फोटो – पोखरा पल्टन फेसबुक )

यस्तै यो पटक भारतको रणजी ट्रफी खेलीसकेका तिब्र गति बलर प्रथमेश डाके र लेग स्पिनर सर्बजित लड्डालाई समेत टिममा समावेश गरेको छ। लड्डा आइपिएल टिम दिल्ली डेयरडेभिल्स, गुजरात लायन्स, कोलकाता नाइट राइडर्सको प्रतिनिधित्व गरिसकेका छन्। अन्तिम पटक उनले गुजरातबाट २०१६ आइपीएल खेलेका थिए।

टिमको प्रशिक्षण पुर्व राष्ट्रिय टिमका कप्तान बिनोद दासले गरिरहेका छन् जुन पोखराको बलियो पक्ष पनि हो। यस्तै घरेलु क्रिकेटमा शरदको कप्तानी कुनै पनि टिमको लागि सुभ रहने गरेको छ।

पोखरा पल्टन टिम :- शरद भेसावकर ( कप्तान ) , बिनोद भण्डारी, राशिद खान, आसिफ शेख, रोहित पौडेल, कुशल भुर्तेल, मेहबुब आलम, कृष्ण कार्की, इशान पाण्डे, ललित राजबंशी, सुमन घिमिरे, विदेशी खेलाडीहरु –  रभी इन्दर सिंह, प्रथमेश डाके, सर्बजित लड्डा

यस्तो छ काठमाडौँ टिम 

राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लको कप्तानी रहने काठमाडौँमा सुबास खकुरेल, बसन्त रेग्मी, सुशन भारि, पवन सर्राफ, अमृत भट्टराई, पृथु बास्कोटा जस्ता राष्ट्रिय खेलाडीहरु रहेका छन्।

सुबास खकुरेल र अमृत भट्टराई काठमाडौँमा रहेका छन्

अमृत भट्टराई र सुबास खकुरेललाई यो पटक काठमाडौँले टिममा भित्र्याएको हो। अघिल्लो सिजन टिममा रहेका नरेश बुढायर, सुमित झा र सुधिर चौधरीलाई रिलिज गर्दै सुबास र अमृतलाई समान ५० हजार रुपैयाँमा टिमले लिएको हो। अमृतले अन्तिम पटक २०१४ मा नेपाली राष्ट्रिय टिमको लागि खेलेका थिए र उनि हाल अस्ट्रेलियामा बस्दै आएका छन्। खकुरेलले गत सिजन पिपिएलको अक्सनबाट अन्तिम समयमा नाम फिर्ता लिएका थिए।

यस्तै विदेशी खेलाडीको रुपमा टिममा जयकिशन कोल्सावाला, गौरभ तोमर र सुबोध भाटी रहेका छन्। सबै तिन विदेशी खेलाडीहरु नेपाली घरेलु क्रिकेटमा लगातार खेलीरहेका छन्।  गत सिजन तोमरले उत्कृस्ट ब्याटिंग गर्ने क्रममा दोश्रो सर्वाधिक रनकर्ता रहेका थिए। विकेट किपर कोल्सावालाले गत सिजन धनगढी प्रिमियर लिग र एभरेस्ट प्रिमियर लिगमा राम्रो प्रदर्शन गरेका थिए। दिल्लीको लागि रणजी ट्रफी खेल्ने तिब्र गति बलर तथा अल-राउण्डर सुबोध भाटी भर्खरै सम्पन्न सयद मुस्ताक अलि ट्रफी खेलेका थिए।

अनुभवी स्पिनर बसन्त रेग्मी काठमाडौँमा छन्

अनुभवी देब्रे हाते स्पिनर बसन्त रेग्मी टिममा रहनु काठमाडौँको बलियो पक्ष हो भने तिन विदेशी खेलाडीहरु उपस्थित हुनुले टिमलाई अझ बलियो बनाउछ।

काठमाडौँ गोल्डेन वारीयर्स टिम :- ज्ञानेन्द्र मल्ल ( कप्तान ) , अमित श्रेष्ठ, पवन सर्राफ, अमर सिंह रौटेला, बसन्त रेग्मी, आदील खान, पृथु बास्कोटा, सुशन भारि, नन्दन यादब, सुर्य तामांग,  विदेशी खेलाडीहरु – जयकिशन कोल्सावाला, गौरभ तोमर र सुबोध भाटी

 





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनलमा

घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ‘सी’ बाट सेमीफाइनल पुगेको छ। यस अघि […]

राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई, नेपाली राइनोजको सहयोग

डिसेम्बर १० देखि १६ सम्म भारतको मुम्वाईमा संचालनमा हुने ‘इन्डो-नेपाल’ दुई देशिय नेत्रहिन महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली नेत्रहीन […]

एलपीएल : युथ अफ टिकापुर सेमीफाइनलमा, रुपेशको आक्रामक अर्धशतकमा गरुडा विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]